wel come to our link to all my fans we love you

Monday, August 15, 2011

आर्यनको पित कलाकारिता !

अन्तत: चलचित्र 'ब्ल्याक मेल' बाट नायक आर्यन सिग्देल निकालिएका छन् । चलचित्र  'ब्ल्याक मेल' मा नायिका निशा अधिकारीसँग नखेल्ने भन्दै चर्चामा आएका यि नायकले चलचित्रका निर्माता बाहेक अरु सम्पूर्ण टिम नै परिवर्तन गर्ने प्रस्ताव राखेपछि उनि आफै निकालिएका हुन् ।

नायिका छनौट गर्दा सम्म चुप लागेर बसेको युनिटले आर्यनले अति नै गर्न थाले पछि निकालि दिएको निर्माता शरद अधिकारी बताउँछन् । सुरुमा नायिका त्यसपछि निर्देशक, पोडक्सन म्यानेजर हुँदै स्क्रिप्ट राइटर सम्म परिवर्तन गर्न लगाउने नायक आर्यनलाई नै निर्माताले निकालि दिएका हुन् । आर्यनको बानिबाट दिक्दार भएका निर्माताले सो दिक्दारीबाट मुक्त पाउन यस्तो गरेको बताउँछन् ।

६ लाख पाँच हजार रुपैयाँमा आर्यनलाई आफ्नो चलचित्रमा अग्रिमेन्ट गरेका निर्माता अधिकारीले ३ लाख ५ हजार ५ सय रुपैयाँ साईनिङ अमाउन्ट स्वरूप दिएका थिए । तर आर्यनलाई चलचित्रबाट निकाले पछि २४ घण्टे अल्टिमेटम दिएर साईनिङ अमाउन्टको पैसा फिर्ता मागे । आर्यनले भनेको समयमा नतिरे पनि तीन दिनको दिन सम्पूर्ण रकम फिर्ता दिएको निर्माताको भनाई छ । आर्यनले सो रकम फिर्ता दिएपछि उनको स्थानमा पछिल्लो समयमा व्यस्त नायक जीवन लुईटेललाई सोही रकममा अग्रिमेन्ट गरिएको निर्देशक मधुसुदन भट्टराईले बताए । उनले भने, 'आर्यनलाई जति रकममा अग्रिमेन्ट गरिएको थियो त्यहि रकम दिएर जीवनलाई अग्रिमेन्ट गरिएको छ ।'

सुरुमा जीवन लुईटेललाई लिने बताएको निर्माण पक्षले उनको समय नमिल्दा आर्यनलाई ६ लाख पाँच हजारमा अनुबन्धन गरेको थियो । आर्यनको ज्याजती सहन नसके पछि युनिटले जीवनलाई सोही रकम दिएर अग्रिमेन्ट गरेको हो । आर्यनले आफूले नै चलचित्र छोडेको बताए पनि फिल्मीखबरले स-प्रमाण आर्यनलाई निकालेको खबर प्रकाशित गरेको हो ।
 
चलचित्र 'ब्ल्याक मेल' मा काम गर्न लागेको भएर होला बिना ब्ल्याक लेबल सिटिङमा नबस्ने आर्यनलाई युनिटले के के कारणले निकाल्यो भन्ने कुरा बुँदागत रूपमा तल प्रस्तुत गरिएको छ -
 
  1. चलचित्रको बारेमा छलफल गर्न बस्दा ब्ल्याक लेबल वा सो भन्दा माथिको रक्सि खुवाउनु पर्ने
  2. नायिका देखि कलाकार, निर्देशक, लेखक तथा प्राबिधिक सबै परिवर्तन आर्यनकै सिफारिसमा राख्नु पर्ने
  3. चलचित्रको स्क्रिप्ट फाईनल गर्न राम्रै होटलमा जानु पर्ने
  4. अग्रिमेन्ट गरेको भन्दा बढिको रकम उनको खानपानमा खर्च गर्नु पर्ने
  5. बेला बेला जिउ जिउ गरिरहनु पर्ने ...  आदी ।

नायक आर्यन पछिल्लो समयका व्यस्त नायक भए पनि नयाँ निर्माताहरू उनीबाट पिडित हुनु परेको 'ब्ल्याक मेल' का निर्माता अधिकारीको भनाई छ । उनी भन्छन्, 'म त आर्यनबाट टाढा बसि सकेको छु । नयाँ निर्माताहरू पनि उहाँबाट सजग हुनु होला ।' अब आर्यनले निशुल्क आफ्नो चलचित्रमा काम गर्छु भने पनि नलिने यि निर्माताको भनाई छ । उनका अनुसार आर्यनलाई चलचित्र 'ब्ल्याक मेल' अभिनय गराउन खोज्दा निम्न चलचित्रकर्मीहरूलाई ध्यान दिनु पर्‍यो । अर्थात उनले निम्न चलचित्रकर्मीलाई लिन हुने र नहुने बताए ।
लिन हुने                                                                          लिन नहुने
 
निर्देशक: सुदर्शन थापा                                               निर्देशक:  मधुसुदन भट्टर्राई
नायिका: शुष्मा कार्की                                                 नायिका:  रेखा थापा, निशा अधिकारी
स्कृप्ट राइटर: प्रदिप भारद्धाज                                    स्कृप्ट राइटर: शिवम अधिकारी
नायक: भुपेन चन्द                                                     नायक: जीवन लुईटेल, बिराज भट्ट, आयुष रिजाल
प्रोडक्सन डिजाईनर: सुरज आचार्य                             प्रोडक्सन डिजाईनर: अरूण रेग्मी

माथिका चलचित्रकर्मी त 'ब्ल्याक मेल' चलचित्रको सन्दर्भमा आएका हुन् । अब अन्य निर्माताले उनलाई लिंदा अझै को-को चलचित्रकर्मिलाई सिफारिस गर्ने हुन् त्यो हेर्न बाँकी नै छ । कुनै पनि कलाकारले निर्देशक, लेखक तथा प्राबिधिक परिवर्तन गरेको सुन्नु भएको छ ? पक्कै पनि नेपाली चलचित्रको ४ दशक यात्रामा यस्तो घटना पहिलो पटक नै हो । यस्तो काम गर्नेलाई के भन्ने ? यस अघि आर्यनले नायिका निशासँग काम गरिन भनेको सत्य कुरालाई फिल्मीखबरले प्रकाशित गर्दा पनि उनले फिल्मीखबरलाई पित पत्रकारिताको आरोप लगाएको कुरा सबलाई थाहा नै छ । अब के आर्यनको यो बानि पढे पछि तपाईलाई लाग्दैन कि आर्यनले पित कलाकारिता गर्दैछन् भनेर ?

No comments:

Post a Comment