wel come to our link to all my fans we love you

Friday, August 12, 2011

जे छ नयाँमा छ

भूमिका र चरत्रिका हिसाबले ओझेलमा पारँिदै आएका नायिकाको मूल्य र महत्त्व बदलिँदैछ। कलाप्रतिको हुटहुटी, प्रशिक्षित पृष्ठभूमि र नयाँ मान्यताका कारण रजतपटमा उदाएका नायिकाको पछिल्लो छिमलप्रति फिल्म निर्माता तथा निर्देशकहरू बढी विश्वस्त देखिन्छन्। यसले विगतदेखि नायकको वरपिर िमात्र घुम्ने 'सो पिस' छवि बदलिनेमा स्वयं नयाँ नायिका पनि आशावादी छन्।

"नयाँ अनुहारहरूमा एक प्रकारको जोस देखिन्छ। लगाव छ। र, हामी अभिनयमा जम्न सक्छौँ भन्ने मान्यता पनि," चलचित्र निर्देशक दयाराम दाहालको अनुभवमा, "नयाँ नायिका चलचित्रसम्बद्ध विषयमा अपडेट पनि छन्। कुरा छिटो बुझ्छन्।"

आमनेपाली चलचित्रकर्मी अझै पनि इमेल, इन्टरनेट प्रयोगमा अभ्यस्त हुन नसकेका बेला नयाँ पुस्ताका नायिका सबैले सामाजिक नेटवर्कका सञ्जालहरूमा आफ्ना दैनिकी, अनुभूति र अनुभव सार्वजनिक गर्ने गरेका छन्। अभिनय रहरले मात्र सम्भव छैन, त्यसका लागि प्रशिक्षण चाहिन्छ। त्यसैले होला, नयाँ नायिकाहरू केही सिकेर आएका छन्। नयाँ पुस्ता पत्रपत्रिका पढ्छ। अंग्रेजी भाषा बोल्न हिच्किचाउँदैन। निर्माता निर्देशकहरू भन्छन्, यसले पुरानो पुस्तालाई झस्काएको मात्र छैन, प्रेरति गरेको पनि छ।

गणनै गरेर भन्ने हो भने पनि यस पंक्तिमा पछिल्लो छ महिनामा आधा दर्जन त्यस्ता अनुहार छन्, जसको उपस्थितिलाई रजतपटमा अर्थपूर्ण रूपमा हेरएिको छ। रमिा विश्वकर्मा, ऋचा शर्मा, ऋचासिंह ठकुरी, केकी अधिकारी पछिल्लो समय चलचित्रमार्फत सार्वजनिक हुन लागेका आशालाग्दा नाम हुन्। सार्वजनिक भइसकेका नयाँमा नम्रता श्रेष्ठ र निशा अधिकारी आमरूपमा प्रशंसित नायिकामा पर्छन्। श्रीकृष्ण श्रेष्ठको निर्माणमा बनेको चलचित्र कहाँ भेटिएला? की नायिका श्वेता खड्का पनि चलचित्रको सफलताले चर्चामा छन्।





यस्ता छन् नयाँ

नायकको तुलनामा नायिकाको पारश्रिमिक ५० प्रतिशत पनि हुँदैन। श्रम शोषणको यस्तो अवस्थाबीच पनि नयाँ नायिकाका लागि नायकहरूको भन्दा पनि बढी पारश्रिमिक तय गरएिका खबर सुनिन थालेका छन्।

चलचित्र सानो संसार र मेरो एउटा साथी छमार्फत चर्चामा आएकी नयाँ छिमलकी अनुहार नम्रता श्रेष्ठ हालै मात्र दुई चलचित्रका लागि क्रमशः चार र पाँच लाख रुपियाँ पारश्रिमिकसहित अनुबन्धित भइन्। नायक तथा निर्माता दिलीप रायमाझीले चलचित्र मीस यू र प्रभुशमशेर जबराले निर्माण गर्ने चलचित्र पर्पल डेजका लागि नायिका श्रेष्ठलाई क्रमशः चार लाख र पाँच लाख रुपियाँ पारश्रिमिकसहित अनुबन्ध गरेका हुन्। हाल चल्तीमा रहेका नायकको पारश्रिमिक अधिकतम चार लाख रुपियाँ छ।

यस्तो खबरसँगै नायिका श्रेष्ठ महँगी नायिकामा दरनि थालेकी छन्। सेक्स भिडियो सार्वजनिक भएका कारण केही महिना ओझेल परेकी श्रेष्ठले आफू चलचित्र क्षेत्रबाट जस्तो हालतमा पनि टाढिन नसक्ने बताउँदै आएकी थिइन्।

मोडलिङ् र म्युजिक भिडियोको अनुभवसहित चलचित्र क्षेत्रमा प्रवेश गरेकी निशा अधिकारी पनि अहिले धेरै निर्माता तथा निर्देशकको रोजाइमा परेकी नयाँ अनुहार हुन्। सिमोस सुनुवार निर्देशित मिसन पैसाबाट चलचित्र 'डेब्यु' गरेकी नायिका अधिकारी राम्रो अभिनय, नृत्य र अनुशासित नायिकाका रूपमा प्रशंसित छन्। निर्देशकहरूको एउटै भनाइ छ, निशामा प्रवल सम्भावना छ। लगाव पनि देखिन्छ। चलचित्र निर्माता/निर्देशक चाहन्छन्, नयाँ नायिकामा अभियनको दम होस्। सुन्दरी होस्। कथा, चरत्रि र त्यसको विषयवस्तुप्रतिको उच्च बुझाइ होस्। निर्माता/निर्देशकको यही सोचमा खरो उत्रेकाले केही नयाँ नामहरू चलचित्र सार्वजनिक नहुँदै पनि चर्चामा आएका छन्। निर्माणाधीन चलचित्रको छायाँकन, सम्पादन र स्वरांकनका आधारमा उनीहरूको चर्चा भएको हो। सम्बन्धित निर्माता तथा निर्देशकको मौखिक गुणगानका कारण पनि उनीहरू अगाडि आएका हुन्। यस पंक्तिमा ऋचासिंह ठकुरी, केकी अधिकारी, रीमा विश्वकर्मा आदि छन्। यी तीन नायिकाले यसअघि नै म्युजिक भिडियोमार्फत आफ्नो अनुहार सार्वजनिक गरसिकेका छन्। उल्लेख्य पक्ष त के छ भने यी नायिकाहरू पढेलेखेका र 'करअिर' बनाउने अठोटसहित चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्।

सोही फेहरस्ितमा पर्ने अर्को नाम हो, श्वेता सिंह। चलचित्र कहाँ भेटिएला ? बाट रजपटमा उदाएकी नायिका सिंहलाई उनको अभिनय र सुन्दरताका कारण चलचित्र निर्माता/निर्देशकले प्राथमिकतामा राख्न थालेका छन्। नायिका सिंहजस्तै चर्चाको शृंखलामा पर्ने नायिका सोनिया केसीलाई त पछिल्ला दिनमा भ्याइनभ्याई छ। भन्छिन्, "अभिनय गर्न सक्यो भने नयाँले चान्स पाउन गाह्रो छैन।" नायिका केसी नायक विराज भट्टको जोडीका रूपमा समेत चर्चित हुन थालेकी छन्। बोल्ड सिन दिन सक्ने नायिकाको समेत छवि बनाउँदै गरेकी केसीको भागमा प्रशंसासँगै 'स्क्यान्डल' पनि पर्न थालेको छ।

त्यसैगरी निर्देशक शोभीत बस्नेतले चलचित्र कन्यादानमा 'ब्रेेक' दिएकी नृत्यांगना कञ्चन रेग्मीको कामको पनि चलचित्र वृत्तमा चर्चा हुन थालेको छ। नवनायिका रेग्मीले सो चलचित्रमा मुख्य भूमिका पाएकी छन्।नयाँमा के छ ?

ऋचासिंह ठकुरीले भर्खरै सकेको चलचित्र हो, विकास आचार्यनिर्देशित नाई नभन्नु ल! भर्खरै १२ कक्षा पास गरेकी नवनायिका ठकुरीमा आखिर के छ, त्यस्तो प्रतिभा ? उनलाई ब्रेक दिने निर्देशक विकास आचार्य भन्छन्, "अभिनय क्षमता गजब छ उनमा। नृत्य सीप पनि छ। काममा जोस अनि लगनशीलता।"

चलचित्र नाई नभन्नु ल ! ल्याबमा हेरेपछि नायिका ऋचासँग प्रभावित भएको बताउँछन् निर्देशक राजेन्द्र उप्रेती। त्यसैले उनले आफूले चाँडै निर्देशन गर्ने चलचित्र मनमनै मन पराएँमा नायिका ठकुरीलाई अनुबन्ध गर्ने निर्णय गरे।

त्यसैगरी नयाँ नायिका केकी अधिकारीको कामबाट पनि आफू प्रभावित भएको बताउँछन् निर्देशक आचार्य। उनका अनुसार केकी सुन्दरी मात्र होइनन्, भर्सेटाइल कलाकारको क्षमता राख्छिन्। भन्छन्, "केकीको आँखा बोल्छ। उनमा अभिनयको भोक झल्कन्छ।" निर्देशक बद्री अधिकारीकी छोरी केकीले अभिनय गरेको प्रदर्शोन्मुख चलचित्र हो, स्वर।

नयाँ अनुहारहरू जोस-जाँगर, अध्ययन र अनुशासनसहित आएको बताउँछन् निर्देशक शोभीत बस्नेत। निर्देशक बस्नेत आफ्नो पछिल्लो चलचित्र कन्यादानबाट रजपटमा उदाएकी नायिका रेग्मीबारे भन्छन्, "उनमा अभिनयप्रतिको लोभलाग्दो इच्छाशक्ति छ। मैले त्यस्तो इच्छाशक्ति स्थापित नायिकामा पनि देखेको छैन।" स्नातकसम्मको अध्ययन सकेकी रेग्मी सांस्कृतिक कार्यक्रमको सिलसिलामा हालै मात्र अस्ट्रेलिया पुगेकी छन्।

निर्देशक दीपक रायमाझी नयाँ कलाकार जन्माउने सवालमा चर्चित छन्। पछिल्लोपटक उनले नायिका सञ्जिता गुरुङलाई लभ स्टोरी २०६६ बाट चान्स दिए। निर्देशक रायमाझी भन्छन्, "गुरुङ चलचित्रसम्बन्धी सम्पूर्ण तयारी पूरा गरेर मात्र यस क्षेत्रमा आएकी हुन्। उनमा मैले खोजेको छ।" निर्देशक रायमाझी चाहन्छन्, नयाँ अनुहार 'ब्युटी विथ ब्रेन' होस्।

नयाँहरूको सबैभन्दा प्रशंसित पक्ष उनीहरू आधुनिक संसारसँग जानकार हुनु हो। उनीहरू आत्मविश्वासी पनि छन् काममा। नम्रता, निशा, केकी, श्वेता र ऋचा यसका प्रमाण हुन्। यी लोभलाग्दा प्रतिभावान् नयाँ अनुहारले आफूले अभिनय गर्ने चलचित्रको कथा, पटकथा र आफ्नो भूमिकाबारे चासो देखाउने मात्र होइन, आवश्यक परे निर्देशकलाई सुझाव दिनसक्ने क्षमता पनि राख्छन्।

No comments:

Post a Comment