wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

रेखाको नयाँ ‘अन्दाज’

नायिका रेखा थापा अचेल आफ्नै होम प्रोडक्सनको नयाँ फिल्म
को छायांकनमा व्यस्त छिन् । उज्ज्वल घिमिरेद्वारा निर्देशित यो फिल्मको अधिकांश छायांकन सम्पन्न भैसकेको छ । नायिका रेखाका अनुसार फिल्मको करिव दश दिनको छायांकन मात्र बाँकि छ । फिल्मका केही दृष्य तथा गीतको छायांकनको लागि फिल्मको यूनिट केही दिनमै जोमसोमतर्फ जाँदैछ । फिल्ममा रेखाका अतिरिक्त जीवन लुईटेल तथा नयाँ नायक सबिन श्रेष्ठले मुख्य भूमिका निर्वाह गरेका छन् ।
यसैबीच रेखाले केही दिनअघि -गत सोमबार) फिल्मको एउटा तस्विर सार्वजनिक गरेकी छिन् । रेखाले फेसबुकको आफ्नै वालमा पोष्ट गरेको उक्त तस्विरमा उनी निकै सुन्दर तथा सेक्सी देखिएकी छिन् । रातो ईभिनिङ गाउनमा अत्यन्त आकर्षक देखिएकी रेखा ‘अन्दाज’ मार्फत पुनः लाखौं युवा दर्शकको मन जित्न सफल हुनेछिन् भन्ने कुरामा दुईमत छैन ।
रेखाले समाचारसंगैको यो तस्विर फेसबुकमा राखेपछि उनका फेसबुके साथीहरुले विभिन्न प्रतिक्रिया दिएका छन् । अधिकांशले रेखालाई यो तस्विरमा ‘सेक्सी’ देखिएको प्रतिक्रिया दिएका छन् । प्रतिक्रिया पढेर दंग परेकी रेखाले पनि राम्रो प्रतिक्रिया लेख्नले सबैलाई धन्यावाद दिएकी छिन् । ‘माई अन्दाज….रेखा थापा’ क्याप्सन राखिएको यो तस्विर हेरेर दर्शकले जे अन्दाज लगाए पनि रेखाले चित्त दुखाउने छैनन् भन्ने हाम्रो बुझाई छ ।

No comments:

Post a Comment