wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

ममता प्रधान मेरो कथा

अहिले एउटा दुस्प्रयासको चर्चाले नेपाली चलचित्र उद्योग गरमागरम भएको छ । त्यो के हो भने निर्माता संजय कुटु र निर्देशक कृष्ण चापागाईले एउटै केटी माथि आँखा गडेर बलात्कारको प्रयास समेत गरेछन् । ती केटी, अर्थात नायिका हुन्-ममता प्रधान । बिराटनगरतिर घर भएकी ममतालाई हिरोइन बन्ने धून चढेछ र उनी पुगीछन् ती निर्माता निर्देशकहरुसम्म । ‘साउनमा आँखा फुटेको गोरुले सँधै हरियो नै देख्छ’ भन्ने नेपाली उखानलाई चरितार्थ गर्दै ती निर्माता/निर्देशकले पनि ममताको मस्त जवानीको रस चुस्ने प्रयास गरेछन् ।बिचरी ममताले अस्ति रिपोर्टस् क्लबमा रुँदै निर्देशक चापागाईले आफूलाई मिनीस्कर्ट दिएर डे्रस चेञ्ज गर्न लगाई ममतालाई कस्तो कपडा सुहाउँछ भनेर फनफनी घुम्न लगाएको र ममताले कृष्णको आदेश पालना गरेको तथा पछि उक्त ड्रेस चेञ्ज गर्न अर्को कोठामा गएको बेलामा कृष्ण पनि प्रबेश गरि उनलाई पछाडिबाट च्याप्प समातेर उनका संवेदनशील अंगहरुमा हात पुर्याएको घटना बताइन् । कृष्णको कंश रुपबाट बच्न प्रतिकार स्वरुप ममताले निर्ममता पूर्वक कृष्णको गालामा कसेर दुई झापड पनि बजाइछन् । अनि त के चाहियो ? ममताको झापडले झवाल्लीएका चापागाईले ममतालाई फिल्मी शैलीमा लछारपछार गरेछन् । ममता भाग्न खोज्ने तर कृष्णले समातेर पछार्ने, मुसो-बिरालाको खेल चलेछ एकछिन् । कसैगरी पनि ममता नमानेपछि कृष्णको मुखबाट तथानाम गालीहरु ममतामाथि बर्सिएछ । ममताले पत्रकार सम्मेलनमा बताए अनुसार कृष्णले- ‘यहाँ कुनै पनि केटी निर्देशक/निर्मातासँग नसुतिकन फिल्म खेल्न पाएको रेकर्ड छैन । मसँग खुरुक्क सुत,म रातारात हिट हिरोइन बनाइ दिन्छु । अहिलेका जति पनि हिट हिरोनीहरु छन्, ती सबै कोही न कोही निर्माता/ निर्देशकसँग सुतेरै हिरोनी भएका छन् । त्यसैले तँ धेरै सति साबित्री बन्न नखोज । कृष्णेले कसैलाई पनि फोकटमा हिरोनी बनाउँदैन ।’ भनेछन् । त्यसपछि कसोकसो ममता कृष्णको राक्षशी पंजाबाट उम्केर भाग्न सफल भइछन् ।
त्यस्तै निर्माता संजय कुटुले पनि राती हल्का मदिरा सेबन गरेर ममताको घरमा गइ ‘तिमीसँग फिल्मको बारेमा कुरा गर्नु छ ।’ भन्दै ममताको हातमा समातेर म्वाइँ खान खोजेछन् । ममताले कुटुको कटु ब्यवहारको प्रतिकार गरिछन् ।
ममता फुत्किीए भागेपछि चापागाईलाई आफ्नो असफल प्रयासले च्याप्न थालेछ । कुटुलाई पनि त्यस्तै भएछ ।
कुटु र चापागाईले आफूहरुको दुब्यबहारको बारेमा ममताले सार्वजनीक गर्न थालेको थाहा पाएर दुबैले ‘जे भो भो । बाहिर हल्ला नगर । हामी तिमीसँग माफी माग्छौ ।’ भनेछन् । ममताले पनि ‘भै गो नि त । एकचोटीलाई माफी दिएँ । ‘ भनिछन् । कुरा सामसुम भयो । तर, घटना घटेको झण्डै एक महिनापछि ममताले यो कुरा किन कोट्याइन त ? उनले ती दुई जनालाई बलात्कारको प्रयास गरेको भन्दै महिला सेलमा किन मुद्दा हालीन् त ? यस बिषयमा ममताले रुदै भनिन्, ‘सहमति पछि उनीहरुले मेरो चरित्रको बारेमा नकारात्मक टिप्पणीहरु गर्दै हिडेको सुनेर मलाई सह्यै भएन र म बाध्य भएर उनीहरुलाई कानूनी कार्वाहीको माग गर्दै पुलीस समक्ष पुगें । उनीहरुले यो कुरा थाहा पाएर ‘हाम्रो बेइज्जत नगर । बरु तिमीले पत्रकार सम्मेलनको आयोजना गर । हामी सार्वजनीक रुपमा तिम्रो खुट्टा ढोगेर माफी माग्छौ र क्षतिपूर्ति स्वरुप तिमीलाई रु ५१ हजार पनि दिन्छौ ।’ भनेका थिए ।’ ममता भक्कानीएर रोइन् । तर अपशोच । उक्त कार्यक्रममा आरोपीतहरु उपस्थित भएनन् ।
ममता आफ्नो यो लडाइ भोलि आउने नव नायिकाहरुको चीरहरण जोगानका लागि भएकाले सबैले यस्ता कुनियतधारीहरुको पर्दाफास गर्नमा सघाउन आग्रह गरेकी छिन् ।
माथिको कुरालाई सर्सती मनन गर्दा के कुरा ख्याल आउँछ भने, नेपाली चलचित्र क्षेत्रमा यस्ता कुनीयतधारीहरु प्रस्सतै छन् । यो कुरा थाहा हुँदा हुँदै पनि जस्तो सुकै सम्झौता गरेर हिरोइन् बन्न खोज्नेहरु ममताको सहास देखेर खुशी नहोलान् तर जसले आफ्नो कला मात्र बेचेर खाने लक्ष्य लिएर यो क्षेत्रमा आउछ,उसले पनि भोलि ममताको झै नियति भोग्नु नपर्ला भन्न सकिन्न । त्यसैले, नायिका बन्न चाहने बहिनी, भाञ्जीहरु हो, यो दाइ/मामाको तिमीहरु प्रति एउटै आग्रह छ की तिमी ममता बन्ने की कृष्ण चापागाईले भने झै ‘रातारात हिट हिरोइन’ बन्ने ? तिम्रै हातमा छ । इज्जत के हो, त्यसको पनि ख्याल गर है बा…नारायण ।

No comments:

Post a Comment