wel come to our link to all my fans we love you

Sunday, August 14, 2011

गरिमा पन्त (नायिका)

मन पर्छ

रिजर्भ पर्सनालिटी ः मलाई धेरै सुन्ने र चाहिने कुरा मात्र बोल्ने पुरुषहरू मन पर्छन्।

हँसिलो मुहार ः अनुहारको भावमा सदा मुस्कान छाइरहने पुरुष त्यत्तिकै राम्रा हुन्छन्।

गल्ती स्वीकार गर्ने ः गल्ती गरेपछि स्वीकार गर्ने क्षमता जो-कोहीमा हुँदैन, जोसँग हुन्छ त्यो आकर्षक पुरुष हो।

अग्लो कद ः मभन्दा अग्लो पुरुषले मलाई जहिल्यै आकषिर्त गरिरहेका हुन्छन्, तर उसमा माथि उल्लेखित गुण पनि हुनु आवश्यक छ।



मन पर्दैन

जुँगा ः कसै-कसैलाई सुहाए पनि धेरैको जुँगा मलाई ओठ र नाकको बीच झुसिल्कीरा टाँसेजस्तो लाग्छ।

रियाक्टेड बानी ः ऊसँग मतलबको कुरा नभए पनि आफ्नो उपस्थिति देखाउने केही पुरुषको बानीले मलाई झर्को लगाएको छ।

जथाभावी बोल्ने ः मासमा बसिरहेका बेला पनि ठूलो-ठूलो स्वरमा जथाभावी बोल्ने पुरुषले आफ्नो इज्जत आफैं खसाइरहेजस्तो लाग्छ।

चिम्सो आँखा ः मेरा मंगोलियन साथीहरू पनि छन्, प्रायः उनीहरूको आँखा चिम्सो नै हुन्छ। मलाई भने चिम्सो आँखा त्यति मन पर्दैन, के गर्नु ?

No comments:

Post a Comment