wel come to our link to all my fans we love you

Saturday, August 13, 2011

चुजी केकी

अंग्रेजी शब्द हो 'चुजी' । अहिले यो शब्दको उदाहरण भएकी छिन् केकी अधिकारी । कुनै बेलाका चर्चित रंग तथा चलचित्रकर्मी बद्री अधिकारीकी सुपुत्री केकीमा बाबुको गुण अर्थात् अभिनयरस जन्मजात छ ।  त्यसैले त उनलाई म्युजिक भिडियोहरूमा अभिनय गराउनेहरू उनको क्षमताबाट कायल छन् । त्यसैले पनि केकीलाई दर्जनौं म्युजिक भिडियोमा अभिनय गराइसकेका निर्देशक प्रसन्न पौडेलले उनलाई आफ्नो  पहिलो चलचित्र 'स्वर'मा नायिका बनाए । त्यसपछि पनि उनले आफ्ना म्युजिक भिडियोहरूमा केकीलाई दोहोर्‍याइरहेका छन् । पछिल्लो उदाहरण शिव परियारको 'क्या दामी भो'लाई लिन सकिन्छ । भनिन्छ,  केकी जुन पायो त्यही म्युजिक भिडियोमा काम गर्दिनन् । चलचित्र त झन् परको कुरा हो । 'स्वर'को छायांकन अवधिमै उनलाई केही चलचित्रबाट अफर आएको थियो । यद्यपि केकी कथा, निर्देशक, निर्माता र  विशेष गरी आफ्नो भूमिका बुझेर मात्र चलचित्रमा काम गर्न राजी हुन्छिन् । त्यसैले 'स्वर'पछि उनले एउटा मात्र चलचित्र 'आइ एम सरी'मा काम गरिन् । हाम्रो एउटा सल्लाह केकीलाई- धेरै चुजी हुँदा, राम्रो  चलचित्र पनि हातबाट खुस्केला है ?

No comments:

Post a Comment