wel come to our link to all my fans we love you

Monday, August 15, 2011

नेपाली कलाकारको भ्यालेन्टाइन

अहिलेका युवा पुस्ताको जीवन शैली दिनानुदिन बदलिँदैछ । उनीहरू पाश्चात्य संस्कृतितिर आकर्षित हुँदै छन् । नेपालका मौलिक सांस्कृतिक पर्वहरूभन्दा भ्यालेन्टाइन डे, फ्रेन्डसिप डे, क्रिसमस आदि अवसरहरूमा रमाउन थालेका छन् । यस्तो संस्कृतिमा रमाउन थालेका युवा पुस्ता ‘भ्यालेन्टाइन डे’को अवसरमा प्रेम साट्न पनि पछि हट्ने कुरै छैन । प्रत्येक वर्ष ईश्वी संवत्को क्यालेन्डर अनुसार फेब्रुवरी १४ तारिखका दिन भ्यालेन्टाइन डे मनाइन्छ । युवा पुस्ताबीच लोकपि्रय हुँदै गएको प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे आउनै लागेका बेलामा नेपालको चलचित्रपटमा काम गर्ने चलचित्रकर्मीहरूबारे यतिखेर हल्ला चलेको प्रेम सम्बन्धबारे कुरो गरौँ ।


हुन त प्रेम सम्बन्ध सुरुमा गुप्त रूपमै चलिरहने भएकाले यस्ता सम्बन्धहरूको पनि पुष्टि गर्न कठिन हुन्छ । सुरु सुरुमा राम्रो मित्रता मात्र भनिने यस्ता सम्बन्ध पछि गएर बिहेमा समेत परिणत भएका उदाहरणहरू विगतमा थुप्रै भेटिएका छन् । निखिल उप्रेती र सञ्चिता लुइँटेल बीचको भागी विवाहलाई पनि यस्तै एउटा उदाहरणको रूपमा लिन सकिन्छ । यी दुई बीच हिमचिम बढ्दै गएको चर्चा चलिरहँदा उनीहरूले आफूबीचको सम्बन्धलाई गहिरो मित्रता मात्र भनेका थिए । पछि निखिल र सञ्चिता भागेर मुम्बईमा जीवनयापन गर्न पुगे । एकातिर यस्तो उदाहरण छ भने अर्कातिर प्रेम सम्बन्धको चर्चा चलेका कतिपय कलाकारहरूका त्यस्ता सम्बन्ध तोडिएका उदाहरण पनि नभएका हैनन् ।
बिहेमा परिणत नभएसम्म कलाकर्मीहरू बीचको रोमान्सको खबर केवल गसिप कै रूपमा चर्चा भइरहनु कुनै नौलो होइन । अहिले नेपालको चलचित्र राजधानी अर्थात् कलिउडमा चर्चाको चुली चढ्दै गरेको प्रेम सम्बन्ध भनेको नवोदित नायक-नायिकाको जोडी विनय श्रेष्ठ र रिचा शर्मा बीचको प्रेम हो । यी दुई बीच अहिले प्रेम सम्बन्ध गहिरो बन्दै गएको चर्चा छ । सम्झना डिजिटल फिल्म अवार्ड समारोहमा नवनायिकाको पुरस्कार जित्दा रिचाले मञ्चबाटै आˆनो अति निकटतम् मित्र विनय भनी उद्घोष गरेको सबैले सुनेकै हो । यो मित्रता वास्तवमा मायाप्रीतिकै गहिरो रूप हो भन्नेहरू पनि धेरै छन् ।
एउटै चलचित्रमा काम गर्दै जाँदा एक आपसमा प्रेमको टुसा पलाउनु पनि स्वाभाविक हो । यस्तै प्रकारको प्रेम नायिका सुषमा कार्की र निर्देशक सुदर्शन थापाबीच पनि गहिरिँदै गएको चर्चा छ । ‘मेरो एउटा साथी छ’बाट निर्देशनको यात्रा थालेका सुदर्शन थापाले आˆना चलचित्रहरूमा सुष्मा कार्कीलाई कहिल्यै नछुटाउनुले पनि उनीहरू बीचको सम्बन्धलाई पुष्टि गर्छ भन्न सकिन्छ तर यसबारे उनीहरूले अहिलेसम्म मुख खोलेका छैनन् । बरु युवा निर्देशक दिपेन्द्र के. खनाल र नवनायिका अनु शाहबीच पनि प्रेम सम्बन्ध छ भनी मिडियाले समाचार सम्प्रेषण गर्दा निर्देशक खनालले त्यस मिडियालाई मानहानिको मुद्दा हाल्ने धम्की दिएका थिए तर धम्की दिए अनुसार मुद्दा भने हालेका छैनन् ।
कलिउडमा अहिले युवा पुस्ताको आगमन तीव्र रूपमा भइरहेको छ । निशा अधिकारी पनि यही पुस्ताकी हुन् । अत्यन्त प्रतिभाशाली नायिकाको रूपमा चर्चा कमाएकी निशा ‘कुसुमे रुमाल’का निर्देशक निरक पौडेलसितको प्रेममा डुबेकी छन् भन्ने सुनिन्छ । हाल अमेरिकामा चलचित्र निर्देशनबारे अध्ययन गरिरहेकी निशा अहिले पौडेल परिवारको गोपीकृष्ण मुभिजको ‘फिल्मी टीभी’मा उच्च ओहदा सम्हालेर बसेकी छन् । उनले यो ओहदा आˆनो प्रेमीकै कारण पाएकी हुन् भन्ने चर्चा पनि सुनिन्छ ।
युवा र युवतीबीच पे्रम सम्बन्ध झाँगिनु कुनै नौलो कुरो होइन । त्यसमाथि चलचित्रको पर्दामा प्रेमी र प्रेमिकाको भूमिकामा डुब्नु पर्दा प्रेमको टुसो पलाउनुलाई आश्चर्यको रूपमा पनि हेर्नु पर्दैन । नवनायिका श्वेता खड्का र नायक श्रीकृष्ण श्रेष्ठबीच चर्चामा रहेको प्रेम सम्बन्धबारे उनीहरूले औपचारिक रूपमा केही प्रतिक्रिया दिने गरेका छैनन् तर देख्नेहरूले उनीहरूलाई प्रेमी युगल जोडीकै रूपमा हेर्ने गरेका छन् । नायिका शोभिता सिम्खडा पनि अहिले कसैको पे्रममा परेको कुरा कलिउडमा चर्चाको विषय बनेको छ । हाल उनका प्रेमी निराजन सिग्देल विदेशमा छन् । उनीहरू बीच टेलिभिजन र एफएममा चलचित्रसम्बन्धी कार्यक्रम चलाउने क्रममा माया साटिएको बताइन्छ ।
यसरी कलिउडका प्रेमी जोडीहरूका रूपमा चर्चित जोडीहरूले यस पालिको प्रेम दिवस कसरी मनाउने हो ? त्यो कौतुहलताको विषय बनेको छ । अनि अहिले प्रेमी-प्रेमिकाका रूपमा चर्चा पाएकाहरू पछिसम्म पनि यही रूपमा रहन्छन् वा रहँदैनन् भन्ने प्रश्न गर्नेहरू पनि नभएका होनन् । कुनै पनि सम्बन्धले ठोस रूप नलिएसम्म यस्तै हुन्छ भनी ठोकुवा गर्न पनि सकिँदैन । त्यसका लागि केही समय कुर्नुपर्ने नै हुन्छ । विजयरत्न

No comments:

Post a Comment