wel come to our link to all my fans we love you

Monday, August 15, 2011

रेखा भर्सेस निशा

मेरोसिनेमा पपुलर अवार्डमा 'बाटो मुनिको फूल' र होमप्रोडक्सन 'कसले चोर्‍यो मेरो मन'बाट रेखा थापा सर्वोत्कृष्ट अभिनेत्री दरिएकी छिन् ।
दुइलाख ३३ हजार ७३७ मत पाएकी रेखालाई 'फस्टलभ'की निशा अधिकारी र 'देश'की निरुता सिँहले पछ्याएका छन् । अवार्डको दौरान निशा अधिकारी लामो समय अग्रपंक्तिमा रहेपनि अवार्डको अन्तिम चरणमा रेखाको पल्ला भारी रह्यो ।

प्रतिस्पर्धामा निशाले एकलाख ९६ हजार ७३७ र निरुता सिँह ४६ हजार ४१ मतका साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । 'बाटो मुनिको फूल'बाट भन्दा होमप्रोडक्सनको चलचित्रबाट रेखाले राम्रो रिभ्यू बटुलिन् जहाँ उनले एक्सन सट्हरु पनि दिएकी छिन् । तुलसी घिमिरे निर्देशित 'देश'मा निरुताको अभिनय प्रशंसनिय छ । तर तीनैजनाले पाएको अनलाइन भोट केवल चलचित्रभित्र मात्र सीमित छैन । उनीहरुका प्रशंसकले पनि हजारौं संख्यामा भोट दिएका छन् ।

एउटा तथ्य के हो भने दर्शकहरुले नयाँ हिरोइनलाई रुचाउँछन्  । 'फस्टलभ'स्टार निशाको ग्ल्यामर, व्यक्तित्व र अभिनय हेरेर पनि उनलाई धेरैले रुचाएका छन् । चलचित्र 'हिरो'बाट रजतपट डेब्यु गरेकी रेखाको लोकप्रियता पनि अझै चुलिएको अवार्डको ठम्याइ छ ।

No comments:

Post a Comment