wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

नायिका सोनियाको कर्तुत


नेपाली चलचित्र उद्योगको स्तर खस्किनुमा सबैभन्दा बढी दोषी कलाकार नै भएको पुष्टि केही दिनअघिको एक घटनाले प्रस्तुत गरेको छ। सिलसिला चलचित्रबाट नायिका बनेकी सोनिया केसीले हालै देखाएको एउटा घटनाले नायिकाहरू कुन स्तरसम्म तल गिर्दा रहेछन् भन्ने देखिएको छ।




सुनसरी इटहरी निवासी सोनिया केसी एसएलसी दिएपछि तीन/चार वर्षअघि राजधानी आएकी थिइन्। चलचित्रको नायिका बन्ने उद्देश्यका साथ उनी दुई वर्षअघि निर्देशक नरेश पौड्यालको सम्पर्कमा आएकी थिइन्। नरेशले दीपशिखा चलचित्रमा नायिका बनाइदिन्छु भनेर दुई वर्ष उनलाई आश्वासन दिइरहे। तर दीपशिखामा ममता प्रधान नायिका बनिन्। त्यसपछि सोनिया सिलसिला चलचित्रको निर्माण पक्षको सम्पर्कमा पुगिन्। सो चलचित्रमा नायक राज तिमल्सिनासँग टङ किस दिएपछि उनी एकाएक चर्चामा आइन्। त्यसपछि उनलाई निर्देशक श्याम भट्टराईले च्यालेन्ज र सुरेशदर्पण पोखरेलले कसलाई दिउँ यो जोवन भन्ने चलचित्रमा अभिनय गर्न प्रस्ताव गरे। भट्टराईले एडभान्स पनि दिइसकेका थिए। तर सोनियाको रहस्यमय चरित्रका कारण श्यामले उनलाई च्यालेन्जबाट निकाले।
कसलाई दिउँ यो जोवन निर्माण पक्षसँग भए गरेका सम्पूर्ण कुरा नायक र निर्देशकलाई ज्यानमार्ने आरोपमा ६ दिनसम्म थुनामा परेर रिहा भएका रोज राणाकहाँ पुर्या्उने गरेका थाहा पाएपछि सुरेशले पनि सो फिल्मबाट उनलाई हटाएर सौजन्य सुब्बालाई नायिका लिए। त्यसैको बदला लिन सोनियाले निर्देशक सुरेशदर्पणले आफ्नो इज्जत लुट्न खोजेको भन्दै सिंहदरबार प्रहरी कार्यालयमा उजुरी हालिन्। सोही उजुरीका सम्बन्धमा प्रहरीले सुरेशसँग चार घन्टा सोधपुछ गरेको थियो। प्रहरीका सामु सोनियाले आरोप पुष्टि गर्न नसकेपछि सुरेशलाई छाडेको थियो। सोनियाले सबै काम रोज राणाको निर्देशनमा गरेको समाचार स्रोतले बतायो।

केही समयअघि नायिका ममता प्रधानले पनि निर्देशक कृष्ण चापागाई र निर्माता श्याम कुटुले आफूलाई बलात्कार गर्ने प्रयास गरेको भन्दै हनुमानढोका प्रहरी कार्यालयमा उजुरी हालेकी थिइन्। तर पछि पत्रकार सम्मेलन गरी आफूले उनीहरूलाई माफी गरिदिएको बताएकी थिइन्।

No comments:

Post a Comment