wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

यौन व्यवसायमा विद्यार्थी

रचना सिंह ठकुरी एयर होस्टेजकी विद्यार्थी हुन्। जिविकोपार्जनको उनको बाटो भने अलि फरक छ। मध्यमस्तरको परिवारकी ठकुरी यौन व्यवसायमार्फत आफ्नो जीवन चलाउदै आएकी थिइन्। किन उनी यो पेशामा लागिन् त? भन्छिन्– ‘पैसा कमाउन।’
ठकुरीजस्तै दर्जनौं युवतीहरु काठमाडौंमा यौन व्यवसायमा लागेका छन्। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार कलेजमा अध्ययनरत बिद्यार्थीहरु पनि राजधानीमा यौन व्यवसायमा सक्रिय रहेको पाइएको छ।
हालै प्रहरीले राजधानीका विभिन्न गेष्ट हाउसबाट पक्राउ गरेका युवतीहरुमा दर्जन युवतीहरु कलेजका विद्यार्थीहरु रहेको परिसरका प्रमुख गणेश केसीले बताए। प्रहरीले एक महिनायता राजधानीका विभिन्न गेष्ट हाउसमा अश्लील गतिविधिमा संलग्न १ सय ६० जना युवतीलाई पक्राउ गरेको थियो।
उनीहरुमध्ये सयभन्दा बढीमाथि प्रहरीले सार्वजनिक मुद्दा दायर गरेको छ। ‘कमजोर आर्थिक अवस्थाकै कारणले नै होला कतिपय कलेजका विद्यार्थिहरु पनि यस्तो पेशामा लागेका देखिन्छ,’ एसपी केसीले भने। यौन व्यवसायमा लाग्ने अधिकांश युवतीहरु भने ४/५ कक्षा मात्र पढेका हुने गरेका छन्।
कमजोर आर्थिक अवस्थाका कारण गाउबाट आएका किशोरीहरु यौन व्यवसाय अँगाल्न बाध्य भएको उनीहरुले प्रहरीसँगको बयानमा बताएका छन्। प्रहरीले केही हप्तायता ठमेल र नयाँ बसपार्क क्षेत्रमा सञ्चालित गेष्ट हाउसहरुबाट उनीहरुलाई पक्राउ गरेको थियो।
त्यस्तै प्रहरीले डान्सबार र ठूला होटलहरुमा हुने यौन गतिविधिलाई पनि नियन्त्रणतर्फ लाग्ने भएको छ। एसपी केसीका अनुसार डान्सबारमा हुने गतिविधिलाई नियन्त्रण गर्ने तयारी प्रहरीले गरिरहेको छ। डान्स बारका कारण अपराध बढेकाले त्यहाँ हुने अश्लील क्रियाकलाप नियन्त्रण गरिने उनले बताए। प्रहरीले काठमाडौंको सुरक्षामा सुधारका लागि विशेष सुरक्षा योजना अघि सारेको छ। खासगरी रातीको समयमा हुने अपराध र लागूऔषध कारोबार नियन्त्रण गर्नका लागि उक्त योजना ल्याइएको एसपी केसीले बताए। यसका लागि प्रहरीलाई थप सक्रिय बनाउने उनको भनाइ छ।

No comments:

Post a Comment