wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

पहिलो प्रेमको सम्झना

पहिलोपटक लाएको मायाले जीवनमा कस्तो प्रभाव छाड्छ रु भ्यालेन्टाइन डेमा रमाइरहेका जोडीले यतातिर ध्यान दिन्छ या दिँदैन थाहा छैन, तर मोफसलका हलहरूमा प्रदर्शन भइरहेको नेपाली कथानक फिल्म ुपहिलो पहिलो मायाुले भने दर्शकलाई ुपहिलो प्रेमुबारे बताउनेछ । शुक्रबारदेखि मोफसल विभिन्न हलहरूबाट एकैसाथ प्रदर्शनमा आएको दीपक श्रेष्ठ निर्देशित फिल्मले पहिलो प्रेमलाई चोखो र पवित्र रूपमा देखाउन खोजिएको छ ।

बुधबार राजधानीको कुमारी हलमा प्रिमियर शोसमेत गरिएको फिल्म ब्रदर्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो, प्रस्तुकर्ता रहेका छन् प्रदीपकुमार उदय । फिल्म दुई बालसखा चाँदनी र सागरबाट सुरु हुन्छ । चाँदनी धनी बाबुकी एक्ली छोरी, सागर गरिब एकल महिलाको छोरा । चाँदनी सागरले बजाउने ुमाउथ हार्मोनियमु को संगीतमा डुब्दाडुब्दै ऊबिना तड्पने हुन्छे । तर, उनीहरूको पहिलो प्रेममा खलनायक बन्छन् चाँदनीको बाबु । बिछोडिएका बालसखा चाँदनी र सागरलाई त्यही बाजाको संगीतले पुनः जोड्छ । चाँदनीका बाबुले फेरि उनीहरूको सम्बन्धमा खलनायकी पस्कन्छन्, आफ्नै छोरीलाई भ्रुण हत्या गराउन बाध्य बनाउनेसम्म ।

फिल्ममा सागर राजवल्लभ कोइराला सागर र युना उप्रेती चाँदनीको भूमिकामा छन् । चाँदनीको बाबु प्रताप सिंको भूमिकामा सुनिल थापा छन् । निखिल उप्रेती डाक्टर अर्जुनको भूमिकामा चाँदनीको सम्भावित पति बनेर पुछारमा देखिएका छन् । कोइराला र थापाबाहेक अन्य कलाकारको अभिनय उल्लेखनीय लाग्दैन । बालकलाकार पनि अभिनयमा जम्न सकेका छैनन् । संवेदनात्मक दृश्यमा निर्देशक चुकेका छन् । कथाको गति यति छिटो बग्छ, दर्शकले फिल्म महसुस गर्नै पाउँदैनन् ।

फिल्मको सबैभन्दा उत्कृष्ट पक्ष संगीत लाग्छ । महेश खड्काको संगीत चाँच्चिकै मन छुनेछ । फितलो पटकथाले भने फिल्मलाई कमजोर बनाएको छ । फिल्मले बाल अवस्थामा लगाएको पहिलो माया नै चोखो र पवित्र हो भन्ने देखाउन खोजेको छ । फिल्मको नृत्यले पनि दर्शकको मन तान्छ । पाँचवटा नृत्यलाई शान्ता नेपालीले राम्रै निर्देशन गरेकी छन् । यद्यपि चल्तीको नेपाली फिल्ममा जस्तै अस्वाभाविकता र नाटकीयपनलाई यसले पनि पछ्याएको छ । पोखरा र काठमाडौंका दुई प्लट ९परिवेश० यसरी देखाइएको छ कि पात्रहरू कहाँ छन् भन्नेमै दुविधा पर्छ । लाग्छ, दुई सय किलोमिटर दूरीका यी दुई सहर दुई मिटरको फरकमा छन् । साथै, फिल्ममा बाबुले गर्भवती छोरी चाँदनीलाई रेखदेखका लागि भनेर गाउँमा बस्ने साथी डाक्टरकहाँ पठाउँछन् जहाँ नौ महिनादेखि बेहोस सागरको उपचार भइरहेको हुन्छ । गाउँमा रहेको नर्सिङहोममा त्यत्रो लामो समयसम्म बेहोस बिरामीको उपचार अनि होस खुल्दासमेत डाक्टर किञ्चित आश्चर्यमा पर्दैनन् । नायक र उसको आमालाई अप्ठ्यारो परिस्थितिमा संरक्षण दिने पात्र, जसलाई नायकले मामा भनी आत्मीयता देखाउँछ, उसको उपस्थिति बीचमै हराउँछ ।

कृष्णहरि बराल र दयाराम पाण्डेका गीत मनछुने र अर्थपूर्ण लाग्छन्, दीपक लिम्बू, अञ्जु पन्तलगायत गायक(गायिकाको स्वरमा सजिएका छन् । केही गीत पोखराका फेवाताल र आसपासमा छायांकन गरिएका छन् ।

No comments:

Post a Comment