wel come to our link to all my fans we love you

Saturday, August 13, 2011

बैंकमा इन्टर्न गर्दै केकी

प्राइम कलेजमा बिआइएम पढ्दै गरेकी केकी अधिकारी अहिले सिनेमाको दुनियाँभन्दा भिन्नै ठाउँमा काम गरिरहेकी छिन् । उनी अहिले नबिल बैंकमा इन्टर्न गरिरहेकी छिन् ।  केकी बैंकिङ क्षेत्रमा आफ्नो फिल्मी करिअरलाई छोडेर वा त्यसबाट प्रशस्त आम्दानी नभएर लागेकी हैनन् । उनले सिनेमा संसारलाई बाइबाइ गर्ने सुर पनि कसेकी हैनन् । कलेजले राखिदिएको अनिवार्य बैंकिङ तालिमको लागि इन्टर्न गर्दै छिन् उनी । म्यूजिक भिडियोबाट पर्दाको दुनियाँमा प्रवेश गरेकी केकीको डेब्यू मुभि 'स्वर' हो । दर्शकले कस्तो मानेका छन् त तपाईँको फिल्मी दुनियाँको एक्टीङ ? उत्तरमा केकी भन्छिन् 'अँ विशेष गरी दर्शकहरुले राजबल्लभसँगको मेरो केमेस्ट्री निकै मन पराउनुभएको छ ।' आउँदा दिनको लागि केकीले आधि दर्जनको संख्यामा फिल्ममा खेल्न साइन गरिसकेकी छन् ।

No comments:

Post a Comment