wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

गौतम बुद्ध’ बनाउँदै तुलसी


सुशील पौडेल
पुराना शैलीका फिल्म असफल हुन थालेपछि निर्देशक तुलसी घिमिरे अहिले गौतम बुद्धको जीवनमा आधारित टु(डी एनिमेसन फिल्मको निर्माणमा जुटेका छन् ।

एकजना फिल्म निर्देशकले कुनै बेला भनेका थिए, ुनेपाली फिल्म अहिले जुन अवस्थामा छ, त्यसको धेरैजसो जस(अपजस तुलसी घिमिरेलाई जान्छ ।ु नेपाली फिल्ममा बलिउडको फर्मुलालाई ुहिटु बनाएको अपजस र नेपाली फिल्ममा धेरै दर्शक तानेको ुजसु उनले तुलसीलाई दिएका थिए ।

प्रसंग थियो, नेपाली फिल्मले आफ्नोपन देखाउन नसकेको र बलिउडे संस्कृतिमा रमाएको भन्ने । कालिङपोङमा जन्मेका घिमिरे बलिउडमा सिकेको सीप बोकेर नेपाली फिल्म उद्योगमा आएका थिए । सीमापारि नै उनले २०३८ सालमा ुबाँसुरीु फिल्म बनाएका थिए । त्यसको चार

वर्षपछि आफ्नै कथा, निर्देशन र सम्पादनमा बनाएको फिल्म ुकुसुमे रुमालुले व्यावसायिक रूपमा सफलता पाएपछि छत्रेटोपी लगाउने यी दाह्रीवाल निर्देशक स्थापित भएका थिए ।

तुलसीलाई नेपाली फिल्मका सबभन्दा सफल निर्देशक मानिन्छ । उनका लाहुरे, चिनो, देउता, दक्षिणा, बलिदानजस्ता फिल्म सफलता भए । १० वर्षअघिको ुदर्पणछायाुको सफलताको त छाया पनि भेटेका छैनन् अहिलेसम्मका बनेका फिल्मले ।

उनका सफल फिल्मको सिको गरेर थुप्रै निर्देशकले बक्स अफिसमा आफ्नो भाग्यको परीक्षा दिए । तर, धेरैजसो यसमा उर्त्तीण हुन सकेनन् । तैपनि, उनको शैलीलाई पछ्याउनेको कमी भने भएन । जसकारण, तुलसीलाई फर्मुला सिकाएको ुआरोपु लाग्ने गरेको हो । तर पछिल्लो समयमा भने उनको फर्मुलाले आफ्नै फिल्ममा समेत काम गरेन । उनका लहना, दुई किनारा, देश लगायतले पुरानो सफलता दोहोर्‍याउन सकेनन् ।

आफ्नो महत्त्वाकांक्षी फिल्म ुदेशु असफल भएपछि तुलसी अहिले एनिमेसन फिल्मतिर लम्किएका छन् । कपिलवस्तुका शाक्यमुनि राजा शुद्धोदनका छोरा सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गर्दासम्मको ऐतिहासिक घटनालाई लिएर उनी ुगौतम बुद्धु बनाउन कस्सिइरहेका छन् । टु(डी एनिमेसनमा प्रि(प्रोडक्सन भइरहेको यो फिल्म बनाउनै मात्र झन्डै १२र१३ करोड रुपैयाँ लाग्ने अनुमान छ । ुएकदम धेरै अध्ययनरअनुसन्धानपछि बुद्धको बारेमा फिल्म बनाएका हौं,ु आफ्नै स्त्रिप्टमा झन्डै ६ दर्जन एनिमेसन आर्टिस्टबाट भिजुअल उतारिरहेका निर्देशकले थपे, ुत्यो भव्य दरबार, राजारानी, सैनिक आदिको सम्पन्नतालाई दर्साउन पनि एनिमेसन नै बलियो हतियार हुने ठानेर टु(डीमा बनाएका हौं ।ु

गहकिलो विषयमा फिल्म बनाउन लागेका यी पाका निर्देशकलाई त्यसबेलाको दरबारको सेट उतार्न लगानी बढी नै परे पनि एनिमेसनले बढी न्याय गर्छ भन्ने लाग्छ । एनिमेसन फिल्मका लागि प्रतिसेकेन्ड २४ वटा स्केचको आवश्यकता पर्छ । यो फिल्म १ सय १० मिनेटको हुनेछ । स्केचका लागि फिल्म निर्माता कम्पनी यति डिजिटल र मिदास इन्टरटेनमेन्टकै एनिमेटेड आर्टिस्टहरू लागिपरेका छन् ।

सम्भवतः आउने बुद्धपूणिर्माबाट सार्वजनिक प्रदर्शन हुने ुगौतम बुद्धुले निर्देशक घिमिरेलाई अध्ययनका क्रममा बुद्धका बारे धेरै सिकाएको रहेछ । ुफिल्म हेरेपछि दर्शकले पनि धेरै नयाँ तथ्यहरू थाहा पाउनुहुनेछ,ु फिल्मको रिसर्चमा बुद्धको जन्मथलो लुम्बिनीदेखि तिलौराकोट दरबार हुँदै बुद्धत्व प्राप्त गरेको भारतको गयासम्म पुगेका निर्देशकले भने । यसका लागि उनले बौद्धधर्मका विभिन्न पुस्तक पनि अध्ययन गरे ।

ुनेपालका विभूति भएकोले बुद्धका बारेमा सबै नेपालीलाई धेरथोर जानकारी छ नै,ु घिमिरेले भने, ुसंसारलाई बुद्धका बारेमा पूर्ण जानकारी दिने काम पनि हामीले गर्नुपर्छ, मैले त्यही पहल गरेको हुँ,ु भारतले समेत बुद्धलाई आफ्नो भएको दाबी गर्न थालेपछि चिन्तित देखिएका घिमिरेले भने । ुबुद्ध भारतमा होइन, कपिलवस्तुमा जन्मेका थिए, जुन अहिले नेपालमा पर्छ,ु उनको फिल्मले यो देखाउनेछ ।

हाल ुमृगतृष्णाुको डबिङमा लागिरहेका घिमिरेले ुगौतम बुद्धु प्रदर्शनपछि केही कथनहरूको खण्डन हुने दाबी पनि गर्छन् । उनले एउटा रोगी, वृद्ध वा मृतकलाई देखेकैले प्राणीजगत्को दुःख हर्न रातारात सुटुक्क दरबार छोडेको भन्ने कुरामाथि फिल्मले प्रश्न गर्ने उल्लेख गर्दै उनले भने,

ु२९ वर्षमा दरबार छोड्नुअघि उनले त्यस्ता रोगी, वृद्ध र मृतक पहिले देखेका थिएनन् त रु उनलाई ज्ञानको खोजी गर्न प्रेरित गर्ने अरू कुरा के के थिए रु त्यस्ता कुराहरू फिल्मले देखाउनेछ ।ु उनले फिल्मले कुनै पनि धर्म वा आस्थामा चोट नपुर्‍याउने पनि बताए । ुकसैलाई चोट पुर्‍याउने नियतले फिल्म बनाएको होइन, यो कुरामा म सचेत छु,ु उनले भने ।

जन्मँदै पाइला टेकेको वा सात पाइला हिँडेको भन्ने जस्ता मिथक, शक्ति सम्पन्न दरबारको राजा भएर पनि सिद्धार्थले प्रव्रज्या (भिक्षु० ग्रहण गरेपछि कसरी दिनरात काटे, कसरी पकाएर खाए रु उनी जन्मेपछि के कारणले आमा महामायाको निधन भयो रु आदि सवालको जवाफ पनि फिल्मले दिने उनले बताए ।

३२ गुणले युक्त मानिने सिद्धार्थ गौतमलाई त्यस बेला हेर्नकै लागि पनि युवतीदेखि सबैको तिलौराकोट दरबारमा घुइँचो लाग्थ्यो रे । उनको स्वरमा जादूमयी प्रभाव थियो रे । अति मिलनसार उनी युद्धबाट समस्या समाधान नहुनेमा त्यो बेलै दृढ थिए भनिन्छ । ुत्यो सबै फिल्ममा छ,ु घिमिरेले भने, ुबुद्धको बारेमा धेरै नजान्दा बरु सजिलो रहेछ, बुझ्दै जाँदा झन्झन् जटिल । फिल्म सुरु गरिनहालेको भए अहिलेको अवस्थामा त आँटै नआउने रहेछ,ु उनले बताए ।

१४र१५ भाषामा सबटाइटल राखेर अन्तर्राष्ट्रिय प्रदर्शनको तयारीमा रहेको हाई बजेटको फिल्म नाफामुखीभन्दा पनि शिक्षामुखी बनाउन खोजिएकोमा उनको जोड छ । ुयसको सटीक स्त्रिनप्ले र त्यस्तै राम्रो संवादमा आकर्षक स्केचमा बनेको भएकाले यसले लगानी उठाउला भन्ने चाहिँ लाग्छ,ु उनले आफ्नो विश्वास सुनाए ।

फिल्मको गीतरसंगीतको पक्षलाई पनि विशेष जोड दिइएको छ । ुफिल्मको कथा अहिलेको होइन, त्यो बेलामा कस्तो गीतरसंगीत थियो होला भन्ने कसैलाई थाहा पनि छैन,ु घिमिरेले थपे, ुतर पनि भेटिएसम्मको पुराना गीतरसंगीतलाई हेरेर तत्कालीन परिवेश झल्काउने प्रयास गरिएको छ ।ु तीन गीत रहने फिल्ममा अम्बर गुरुङको संगीत रहनेछ भने गीत कविवर माधव घिमिरेले लेखेका छन् ।

ुसंगीतमा अब्बल, पेरियोडिकल म्युजिकको ज्ञान र पुराना रागहरूको जानकार भएकाले पनि अम्बर गुरुङले संगीतमा न्याय गरेका छन्,ु संगीत पक्षमा प्रसन्न बनेका उनले कविवर घिमिरेको एउटै हरफमा दर्शन भेटेछन् । ुबुद्ध जन्मँदै गर्दा आउने गीतमा उहाँले लेख्नुभएको ुउठ्यो आफैं माथि बहुअर्थी भाव बोकेको छ । कविवरको साहित्यबाट प्रभावित निर्देशकले भने, ुउहाँसँग अचम्मको प्रतिभा छ, एक लाइन सुरु भयो भने एउटा बुक नै लेख्न सक्ने, त्यति डेप्थमा ।ु गीत रेकर्डको काम बाँकी नै रहेकोले कसले गाउने भन्ने निक्र्योल भइनसकेको पनि उनले बताए ।

अध्ययनका क्रममा भेटिएका तथ्यहरूलाई समेटेर निर्देशक घिमिरेले एउटा पुस्तक पनि तयार पारेका छन्, जुन फिल्म रिलिजसँग सार्वजनिक गर्ने उनको योजना छ । बलिउडको फर्मुला हिट बनाएको भन्ने आरोपको जवाफका रूपमा पनि उनको ुगौतम बुद्धु आउनेछ ।

No comments:

Post a Comment