wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

काठमाडौंको प्रिमियर शो अमेरिकामा हुने

आकाश अधिकारीको निर्देशन तथा नवीन अधिकारी र आकाश अधिकारीको निर्माणमा बनेको नेपाली चलचित्र ‘काठमाण्डौ’ को प्रिमियर शोको लागि चलचित्रका निर्माता,निर्देशक तथा नायक आकाश अधिकारी,रेश मरहठ्ठा र अभिनेत्री संयुक्ता राणा २ साताको लागि आज अमेरिका प्रस्थान गरेका छन् भने जर्मनीबाट चलचित्रकी नायिका प्राप्ती घिमिरे पनि उक्त प्रिमियर शोमा सहभागी हुँदै छिन् ।
25
अमेरिकाको ओकाल्याण्डस्थित स्कटिच राइट सेन्टरमा यही अक्टोबर ३ तारिखमा हुन लागेको प्रिमियर शोको लागि उनीहरु अमेरिका प्रस्थान गरेका हुन । उक्त प्रिमियर शोमा चलचित्रका अर्का निर्माता नवीनबेन अधिकारी र नायिका रिया मार्फी पनि सहभागी हुनेछन् । काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रको पहिलो प्रदर्शन नै अमेरीकाबाट गर्न लागिएको हो ।
करिब १५ सय सिट क्षमत भएको उक्त स्कटिच राईट सेन्टर हलमा भव्य समारोहकाबीच चलचित्रको प्रिमियर शो गर्न लागिएको चलचित्र युनिटले जनाएको छ । चलचित्रमा आकाश अधिकारी,रेश मरहठ्ठा,प्राप्ती घिमिरे,गौरी मल्ल,संयुक्ता राणा,,नबिन अधिकारी,ममता प्रधान,सुनिल दत्त, अर्जुन श्रेष्ठ,आनी छोईङ डोल्मा लगाएतका नेपाली कलाकारको साथमा भारतिय गाएक सुख्बिन्दर सिंह र अमेरीकन नायिका रिया मार्फीको पनि अभिनय रहेको छ ।

24

No comments:

Post a Comment