wel come to our link to all my fans we love you

Monday, August 15, 2011

स्विटीको स्विट सिनेमा

कुनै समय नेपाल टेलिभिजनको पर्दामा हास्यसिरियल ‘तितो सत्य’मार्फत् सुब्बा दाजु पात्रसँगै, ‘अनि त डल्लै रिस उठ्छ नि त हो’ भन्दै नेपाली हास्यसिरियल प्रेमी दर्शकहरुको मनमुटुमा बास बस्न सफल हास्य अभिनेत्री तथा नायिका रन्जु लामिछाने ‘स्विटी’ यतिबेला एक सिनेमाको निर्देशन कार्यमा लाग्ने शिलशिलामा छिन् ।
कार्नेशन फिल्मस् प्रालिको ब्यानरमा निर्माण हुन लागेको उक्त सिनेमामा मुकेश ढकाल, केकी अधिकारी, सुरेन्द्र दियाली लगायतका कलाकारहरुको अभिनय रहने छ । त्रिकोणात्मक प्रेम कथामा आधारित उक्त सिनेमाको आधा जस्तो छायाँकन सिक्किम र आधो काठमान्डौमा गरिने भएको छ ।
अर्को महत्वपुर्ण कुरा के भने, बिशेष महत्वका साथ नहेरिने भानुजयन्तीको सन्दर्भलाई पनि सिनेमामा कैद गरिने भएको छ, जसका लागि तनहुँका केहि सुन्दर दृश्यहरु पनि सिनेमाभित्र समाहित गरिने निर्देशक रन्जु लामिछानेले हामीलाई बताईन् । सिनेमालाई रन्जुले ‘स्विटीको स्विट सिनेमा’ भन्न रुचाईन् ।
हालसम्म नाम फिक्स नभएको उक्त सिनेमाको न्वारन गर्न पनि रन्जुले मेरोसिनेमा मार्फत हाम्रा भिजिटरहरुलाई आग्रह गरिन् । लौ है, ‘न्वारन गर्ने जिम्मा तपाईहरुको’ ।

No comments:

Post a Comment