wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

भदौ १६ देखि ‘ब्रेकफेल”



नायिका ऋचा घिमिरेको नयाँ फिल्म ‘ब्रेकफेल’ को सार्वजनिक प्रदर्शन आगामी भदौ १६ गतेदेखि प्रारम्भ हुने भएको छ ।
शंकर घिमिरेको निर्देशन तयार भएको यो कमेडी फिल्म भदौ १६ गतेदेखि देशव्यापी रुपमा प्रदर्शन हुन लागेको हो । निकै छोटो समयमा तयार पारिएको यो फिल्ममा राजेश हमाल, ऋचा घिमिरे, विमलेश अधिकारी, निरज बराल, सुवास थापा, ममता प्रधान, शिवहरी कार्की आदि कलाकारले मुख्य भूमिका निर्वाह गरेका छन् । फिल्ममा किरण तथा मदन महतले नयाँ प्रस्तुतीको रुपमा अभिनय गरेका छन् ।
वल्र्डवाइड मुभि मेकरको प्रस्तुतिमा तयार पारिएको यो फिल्ममा सत्य-स्वरुप आचार्यले संगीत दिएका छन् । फिल्मको टाइटल गीतमा भने द यूनिटीका संगीतकर्मी सुदिन पोखरेल तथा आशिफ शाहले संगीत दिएका छन् । सुदुर पश्चिम नेपालका भर्जिन लोकेशनहरुका साथै काठमाडौं तथा चितवनमा छायांकन गरिएको यो फिल्ममा शिवहरी कार्की, मनोजकुमार घिमिरे तथा प्रदीप सिंह निर्माताको रुपमा रहेका छन् । नेपालमा प्रदर्शन भैसकेपछि यो फिल्मलाई यूरोपका विभिन्न देशका साथै अष्टे्लियामा समेत प्रदर्शन गरिने निर्देशक शंकर घिमिरे बताउँछन् ।

No comments:

Post a Comment