wel come to our link to all my fans we love you

Monday, August 15, 2011

म्युजिक भिडियोमा कसको पारिश्रमिक कति ?

स्मृति ढुंगाना, काठमाडौं, जेठ ५- एल्बमको प्रवर्द्धनमा म्युजिक भिडियोको प्रयोग बढेपछि मोडलहरूले मोटो पारिश्रमिक पाउन थालेका छन्। हिजोआज हरेक गीतको एउटा भिडियो अनिवार्य जस्तै भइसकेको छ। जसले गर्दा नाम चलेका कलाकार तथा मोडलको कमाइ सुध्रिएको छ।
गीत जतिसुकै स्तरीय भए पनि भिडियोबिना रिलिज गर्ने चलन छैन। भर्खरै नयाँ एल्बम ‘रंगाउँ कि म' रिलिज गरेका गायक निमा रूम्बाका अनुसार भिडियो हेरेकै भरमा दर्शकले गीत सुन्ने गर्छन्।
‘आजकल गीत सुन्ने भन्दा पनि हेर्न प्रचलन बढेको छ। त्यसैले एल्बम रिलिज गर्नुअघि भिडियो अनिवार्य भएको हो,' निमाले भने। गायक राजेशपायल राई पनि निमासँग सहमत छन्। ‘ भिडियो राम्रो भएन भने गीत चल्दैन। भिडियो राम्रो भयो भने ठिकठिकै गीत पनि चल्नसक्छ,' राजेशले भने।

 
आर्यन सिग्देल ६० हजार
झरना बज्राचार्य ४० हजार
नम्रता श्रेष्ठ ४० हजार
केकी अधिकारी ३५ हजार
नन्दिता केसी ३० हजार
निशा अधिकारी ३० हजार
ऋचा शर्मा १५ हजार
शंकर बिसी १० हजार
 

राम्रो बनाउने होडले गर्दा भिडियोको लगानीमा वृद्धि भएको छ। कुनै बेला ६० हजारमा तयार हुने भिडियो बन्न अहिले डेढ लाख रुपैयाँ लाग्छ।
भिडियोको बजेट चुलेपछि मोडलहरूको पनि पारिश्रमिक बढेको छ। तर, सबैका पारिश्रमिक फरकफरक छन्। निर्देशक आलोक नेम्बाङका अनुसार मोडलको प्रतिभा र क्रेजका आधारमा मूल्य तोकिन्छ। ‘नाम चलेका मोडलहरूले ६० हजारसम्म लिन्छन्,' उनले भने।

चर्चामा रहेका मोडलहरूको मूल्य १० हजारदेखि ६० हजार सम्म छ। अधिकांश मोडल निर्देशक हेरेरै काम गर्छन्।
‘राम्रो निर्देशकसँग काम गर्दा सजिलो हुन्छ। त्यस्तै गीतमा भन्न खोजेको कुराबारे निर्देशकले राम्ररी प्रस्तुत गर्न सक्छन्,' नम्रता श्रेष्ठले भनिन्। कमाइकै कुरा गर्ने हो भने अभिनेता आर्यन सिग्देलको पारिश्रमिक सर्वाधिक छ। उनी एउटा भिडियोमा अभिनय गरेवापत कम्तीमा ६० हजार लिन्छन्।
‘काम गरेअनुसार डिमान्ड हुने हुँदा उनलाई ६० हजार नै दिएको छु,' आलोकले भने। आर्यनपछि भने अभिनेत्री नम्रता श्रेष्ठ र झरना बज्रचार्यको मूल्य चर्को छ। उनीहरू दुवैले म्युजिक भिडियो खेल्दा ४० हजार लिने गरेका छन्। ‘म पहिला गीतको भाव नै सुन्छ। त्यसमा कलाकार को भन्ने प्रश्न गर्दिन। बरू निर्देशकको काम चाहिँ हेर्छु,' नम्रताले भनिन्।

अभिनेत्री झरना बज्राचार्य भने मेहनत अनुसार यतिको पारिश्रमिकमा सन्तुष्ट छैनन्। ‘काम गरेअनुसार रकम पाए, काम गर्नु पनि आनन्द हुन्छ,' झरनाले भनिन्। पछिल्लोपटक उनी गीतकार वसन्त चौधरीको एल्बमको गीतम देखिएकी थिइन्।

अभिनेत्री केकी अधिकारी भने ३५ हजार लिन्छिन्। विभिन्न भिडियोमा देखिइसकेकी केकीले शिव परियारको ‘क्या दामी भो' गीतबाट एक्कासी मूल्य बढाएकी हुन्। अभिनेत्री नन्दिता केसी र निशा अधिकारी भने ३० हजार लिने गर्छन्। ‘अनुभव र कामअनुसार ३० हजार लिने गरेको छु,' नन्दिताले भनिन्। निशा चाँडै नै आफ्नो पारिश्रमिक बढाउने सोचमा छिन्। ‘कलाकार भन्दा पनि गीतको अर्थलाई प्राथमिकतामा राख्छु,' निशाले भनिन्।

अर्की अभिनेत्रीहरू ऋचा शर्मा र रिमा विश्वकर्माले भने १५ हजारसम्म लिएका छन्। ‘अर्को पटक मूल्य बढाउँछु,' ऋचाले भनिन्। लोकदोहोरीमा चर्चित मानिने सम्झना बुढाथोकीले अहिलेसम्म १० हजार लिएकी छिन्।

‘गीत सुन्छु। अनि बल्ल काम गर्छु,' उनले भनिन्। लोक दोहोरीमै चर्चामा रहेका शंकर बिसीले पनि १० हजार नै लिने गरेका छन्। लोकदोहोरी ६० देखि ९० हजारमा तयार हुन्छ। ‘आजसम्म करिब ४ सय म्युजिक भिडियोमा अभिनय गरिसकेको छु,' उनले भने।

प्रायः सबैले चर्चामा रहेका निर्देशक आलोक नेम्बाङ, भूषण दाहाल र प्रसन्न पौडेलसँग काम गर्दा धेरै मूल्य लिने गरेका छन्।

No comments:

Post a Comment