wel come to our link to all my fans we love you

Monday, August 15, 2011

पुरुषको आखाँले लोभ्याउछ: केकी अधिकारी

आफैले अभिनय गरेकोमध्ये कुनै एक मन परेको फिल्म ?
-  त्यस्तो छैन, सबै ठिकै लाग्छ ।
एउटा फिल्ममा अभिनय गरे वापत पारिश्रमिक कति लिनुहुन्छ ?
- त्यो त अलिकति पर्सनल भयो, भनिन्छ नि केटालाई पारिश्रमिकको बारेमा नसोध्नु, केटीलाई नि नसोधेकै राम्रो ।
सबै भन्दा वढी एसएमएस कसलाई लेख्नुहुन्छ ?
- मम्मी र साथीहरुलाई ।
फोनमा एकैपटकमा सबैभन्दा लामो समय को संग कति कुरा गर्नु भएको छ ?
- दादा सँग एकघण्टा पैंतालिस मिनेट ।
सबैभन्दा पहिले पुरुषको कुन अंगमा आँखा पुग्छ ?
- आँखामा
बदल्न मन लागेको आफ्नै बानी ?
- बिहान अबेरसम्म सुत्छु, छिट्टै उठ्ने बानी बसाल्न चाहन्छु ।
पहिलो कमाई कति थियो र त्यो कमाई के गर्नुभयो ?
- पैंतिस सय थियो, ड्याड ममलाई सानो गिफ्ट किन्देको थिए, आफ्ना लागि पाइन्ट किनेको थें मैले
 ब्लफकल कत्तिको आउँछ ?
- ठिकै
पछिल्लो पटक पाएको उपहार ? कसले दिएको ?
- दादाले,पर्फ्युम
जीवनको सबैभन्दा अविस्मरणीय क्षण ?
- धेरै छन्, तर मिडियामा काम गर्न सुरु गर्दाका दिनहरु धेरै अविस्मरणीय लाग्छ ।
आफ्नो के कुरा सबैभन्दा बढी मन पर्छ ?
- साहस
बढी घुलमिल भइरहने केटासाथीहरु ?
- त्यस्तो त खासै छैन,धेरै केटी साथीहरुनै छन् मेरा ।
विहे कहिले गर्दै हुनुहुन्छ ? को संग ?
-दुईवटै थाहा छैन ।
पछिल्लोपटक हेरेको सवैभन्दा मनपरेको फिल्म ?
- एक्स म्यान र कुङ फु पान्डा ।
फेसबुकका कारण कत्तिको पिडीत हुनुभएको छ ?
-के गर्ने अव फेग पेज खोल्नेहरु भइहाल्छन फेसबुक मात्रै होइन, कुनै पनि इन्टरनेटलाई मिस युज गर्ने मान्छे भइहाल्छन् ।

No comments:

Post a Comment