wel come to our link to all my fans we love you

Thursday, August 11, 2011

रजतपटमा हिरोइनको बाढी

अघिल्लो पुस्ताका नायिकाहरू बिस्तारै 'रिटायर’ हुन थालेपछि नेपाली चलचित्रमा नयाँ अनुहार आउने क्रम बढेको छ। चल्तीका नायिकाहरूलाई विस्थापित गर्दै नयाँ नायिकाहरू स्थापित हुने प्रयासमा छन् ।

यसबाहेक नेपाली नायिकाहरू बेला-बेलामा व्यक्तिगत आचरणका कारण समेत विवादमा आइरहने भएकाले राम्रो परिवारका सुशिक्षित युवतीहरू नेपाली चलचित्रमा नायिका बन्न सितिमिति तयार भएको पाइदैन । पछिल्लो समयमा दुई चर्चित नायिकाका सेक्स भिडियो र्सार्वजनिक भएपछि त चलचित्रमा आउन ठिक्क परेका कतिपय नयाँ अनुहार परिवारको दबाबकै कारण आउन नसकेको बताइन्छ । यसबाहेक नयाँ नायिकाहरू निर्देशक तथा निर्माताबाटै शोषित हुन्छन् भन्ने आम मान्यताका कारण पनि चलचित्रमा प्रवेश गर्न हिचकिचाउन्छन । यति हुन्दाहुँदै पनि पछिल्लो अवधिमा निर्माण भैरहेका दर्जनौं चलचित्रमार्फ आधा दर्जनभन्दा बढी नयाँ अनुहार नायिकाका रूपमा रजतपटमा झुल्किएका छन् ।

अनेक हल्ला र स्क्याण्डलहरूबीच निशा अधिकारी, नम्रता श्रेष्ठ, ऋचासिंह ठकुरी, श्वेता खड्का, केकी अधिकारी, कल्पना शाही, रुवि भट्टराई, सौजन्य सुब्बा, माल्भिका सुब्बा, संयुक्ता राणा, सुमिना घिमिरेहरू यो क्षेत्रमा व्यस्त छन्। काजोल खड्का, जेनिशा केसी, रञ्जिता गुरुङ, ममता प्रधान, जिया केसी, स्नेहा शर्मा, जानी केसी, जानु अर्याल, सुष्मा कार्की, खुस्बु न्यौपाने, सजना चौलागाई, यातना कार्की, अनुष्का ढकाल, बविता लिम्बु, सोनिया केसी, ऋचा शर्मा ,उषा रजक, जेनिशा मोक्तान आदि पनि चलचित्रमै दौडिरहेका छन् । उनीहरूमध्ये केहीका चलचित्र प्रदर्शन भैसकेका छन् । भने केही प्रदशनको क्रममा छन् ।

स्थापित भैसकेका नायिकाले आफू पारिश्रमिकमा ठगिँदै आएको बताउँदै आएका छन् । पछिल्लो अवधिमा नेपाली चलचित्र उद्योगमा प्रवेश गरिरहेका नयाँ अनुहारले 'नेपाली चलचित्र क्षेत्रमा नायिकाको अभाव' भन्ने चलनचल्तीको उक्तिलाई भने ओझेलमा पार्दैछ । नेपाली चलचित्रमा प्रवेश गरिरहेका नयाँ नायिका कस्ता छन् - एकछिन यस तर्फ नियालौं । निशा अधिकारी :- बालुवाटार निबासी निशा अधिकारी महाराजगंज को क्याम्पियन एकेडेमी मा पढ्दा देखिनै बिभिन्न सांस्कृतिक कार्यक्रम मा प्रस्तुत हुने गर्दथिन Iमिस इण्टरनेशनल ब्युटी प्याजेण्ट २००५' को उपाधि जितेपछि अन्तर्राष्ट्रिय प्रतियोगिताका निम्ति जापान समेत पुगेकी निशाले त्यसपछि करिअरको पहिलो खुड्किलोमै सोचेभन्दा राम्रो सहयोग पाइन I सिरियल र म्युजिक भिडियोहरूको अभिनय पछि सिमोस सुनुवारले चलचित्र 'मिशन पैसामा निशालाई पहिलो ब्रेक दिए । भीजे, मोडलिङमा सक्रिय उनले दुई पाकिस्तानी सिरियलमा समेत अभिनय गरिसकेकी छिन् ।

ऋचासिंह ठकुरी :- थुप्रै म्युजिक भिडियोमा अभिनय गरेर क्यामेरा अघिल्तिर कसरी प्रस्तुत हुनुपर्छ भन्ने कुराको जानकारी हासिल गरेकी हेटौंडाकी ऋचा प्रदशनको तयारीमा रहेको चलचित्र 'नाइ“ नभन्नु ल' मार्फ दर्शकमाझ आउ“दैछिन् । निर्देशक विकास आचार्यले उनलाई कतिसम्म विश्वास गरेका छन् भने उनी चलचित्रकी एक्ली नायिका हुन् । यो चलचित्र प्रदशन भएपछि ऋचाले खाली हात बस्नु नपर्ने दाबी निर्देशक विकास आचार्यको छ ।

केकी अधिकारी :- म्युजिक भिडियो निर्देशन गर्दागर्दै चलचित्र निर्देशक बनेका प्रसन्न पौडेलले नेपाली रजतपटका लागि केकी अधिकारीका रूपमा नया“ नायिका फेला पारेका छन् । केकी निर्देशक बद्री अधिकारीकी छोरी पनि हुन् । प्रसन्नले भर्खरै छायांकन सम्पन्न भएको चलचित्र 'स्वर' मार्फ उनलाई नायिका बनाए । यो चलचित्रको प्रदशनपछि केकीले पुराना नायिकालाई समेत चुनौती दिन सक्ने अनुमान गरिएको छ ।

सजना चौलागाईं :- ५ फिट ४ इन्च अग्ली सजना चौलागाईं एकैपटक दुई नयाँ चलचित्रमार्फ नायिकाका रूपमा दर्शकमाझ आउदैछिन् । राजुध्वज राणाद्वारा निर्देशित चलचित्र 'यस्तो पो माया' तथा रामशरण पाठकको चलचित्र 'ठेगाना' मा सजनाले नै नायिकाको भूमिका निर्वाह गरेकी छिन् । चलचित्र 'यस्तो पो माया' मा एक्सन नायिकाको भूमिकामा प्रस्तुत भैरहेकी सजनाको दाबी छ- 'चलचित्र प्रदशन भएपछि मलाई दर्शकले एक्सन नायिकाका रूपमा चिन्नेछन्' ।

बबिता लिम्बु :- गायक डम्बर नेपालीको पछिल्लो गीत 'मेरो जीवनबाट जाने भए जाऊ...' गीतको म्युजिक भिडियोमा अभिनय गरेर ग्ल्यामरको क्षेत्रमा प्रवेश गरेकी बबिता लिम्बु पनि एउटा नया“ चलचित्रमा नायिकाका रूपमा प्रस्तुत भएकी छिन् । चलचित्र 'छोटो छुट्टी' मार्फ उनले अभिनय यात्रा प्रारम्भ गरेकी हुन् । ५ फिट ८ इन्च अग्लो शरीरका कारण उनलाई दर्शकले नेपाली चलचित्र क्षेत्रकै सबैभन्दा अग्ली नायिकाका रूपमा समेत चिन्न सक्नेछन् । आधा दर्जनभन्दा बढी फेसन शोमा क्याटवाक गरेपछि म्युजिक भिडियोमा अभिनय गरेकी बबिता चलचित्र 'छोटो छुट्टी' को प्रदशनपछि नायिकाका रूपमा स्थापित हुने कुरामा ढुक्क छिन् ।

कल्पना शाह :- चलचित्र 'तूफान' की नायिका हुन- कल्पना शाह । सुर्खेतकी यी नयाँ नायिकाले पनि म्युजिक भिडियोमा अभिनय गर्दै चलचित्रसम्मको यात्रा तय गरेकी हुन् । आधा दर्जनभन्दा बढी म्युजिक भिडियोकी मोडल कल्पना राजश्री डान्स सेन्टरमा नृत्यसमेत सिकिरहेकी छिन् । कल्पना भन्छिन्- 'चलचित्रमा स्थापित नहुन्जेल नृत्यको प्रशिक्षणलाई जारी राख्नेछु ।'

रुबी भट्टर्राई :- चलचित्र 'कुसुमे रुमाल-२' बाट जन्मिएकी नयाँ नायिका हुन् रुबी भट्टर्राई । पहिलो चलचित्रमै राम्रो भूमिका निर्वाह गर्ने अवसर पाएकाले होला रुबीले एक वर्षै स्थापित नायिकाको दर्जा पाइसकेकी छिन् । पछिल्लो समयमा उनी संगीतकार सुरेश अधिकारीको चलचित्र 'तिमी मेरो म तिम्रो' मा अभिनय गरिरहेकी छिन् ।

सुष्मा कार्की :- दीपकराज गिरीको 'तीतोसत्य' बाट अभिनय यात्रा प्रारम्भ गरेकी सुष्मा कार्की पनि चलचित्र नायिका बनेकी छिन् । 'मेरो एउटा साथी छ' बाट ठूलो पर्दाको यात्रा प्रारम्भ गरेकी सुष्माले दोस्रो चलचित्र 'तिमी मेरो म त्रि्रो' मा मुख्य नायिकाको भूमिका निर्वाह गर्ने अवसर पाएकी छिन् । उनले थप दुई चलचित्र 'गुरुदक्षिणा' तथा 'बाटोमुनिको फुल' मा पनि अभिनय गरेकी छिन् । मोडलिङ, म्युजिक भिडियो, टेलिश्रृंखला हु“दै ठूलो पर्दाको चलचित्रमा आएकीले सुष्माको नायिकाका रूपमा राम्रो करियर बन्ने कुरामा निर्देशकहरू पनि विश्वस्त छन् ।

अनुष्का ढकाल :- अग्लो शरीरकी धनि अनुष्का पनि यसै वर्षनायिका बनेकी हुन् । साप्ताहिकको मध्यपृष्ठमा तस्बिर प्रकाशित भएपछि उनलाई थुप्रै निर्माता-निर्देशकले आफ्ना नया“ चलचित्रमा अभिनय गराउने प्रस्ताव राखेका थिए । केही म्युजिक भिडियोमा अभिनय गरेपछि अहिले उनी मन परेपछि चलचित्रमा अभिनय गरिरहेकी छिन् । ५ फिट ५ इन्च अग्ली अनुष्कालाई निर्देशकले सुन्दर अनुहार भएकी अग्ली नायिकाका रूपमा फेला पारेपछि उनी अधिकांश निर्देशकको नजरमा परेकी हुन् ।

ऋचा शर्मा :- धनगडीकी ऋचा शर्मा, नेपाली रजतपटमा सम्भाव्य बोकेकी आशालाग्दो नायिका को रुपमा सिमोश सुनुवार निर्देशित चलचित्र ' फ्रस्ट लभ' मार्फ़त पर्दामा आउदै छिन । दुई दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेकी ऋचा केही समय संचारकर्म को अनुभव पनि बटुलिन । मिस नेपाल २००९ कि प्रतियोगि ऋचाले यसअघि हाउसफुल, घरबेटी बा, कलेज क्याफेलगायतका टेलिश्रृंखलामा समेत अभिनय गरिसकेकी हुन ।

सञ्जिता गुरुङ :- मोडलिङबाट चलचित्र क्षेत्रमा प्रवेश गर्ने अर्की नायिका हुन् सञ्जिता गुरुङ । दीपक रायमाझीको चलचित्र 'हाम्रो मिलन कहिले हुन्छ' बाट नायिकाका रूपमा करियर प्रारम्भ गरेकी सञ्जिताले एक वर्षै अवधिमा थप दर्ुइ चलचित्र धुम तथा लभ स्टोरी २०६६ मा अभिनय गरिसकेकी छिन् । यसबाहेक उनले एउटा भोजपुरी चलिचत्र 'बाबुलकी प्यार' मा पनि अभिनय गरेकी छिन् । यीबाहेक प्रदशनको तयारीमा रहेको चलचित्र 'पलपलमा' मा चार नयाँ अनुहार चलचित्र क्षेत्रमा प्रवेश गर्दैछन् । अरुणिमा लामा, शशि खड्का, असिम राना तथा मञ्जु शाह उक्त चलचित्रमार्फ नायिकाका रूपमा दर्शकमाझ आउन लागेका हुन् । श्रीकृष्ण श्रेष्ठको चलचित्र 'कहा“ भेटिएला' मार्फ श्वेता खड्का नयाँ नायिकाका रूपमा आइन् र उक्त चलचित्रको लोकप्रियतास“गै उनी नायिकाका रूपमा स्थापितसमेत भैसकेकी छिन् ।

नरेश पौड्यालको चलचित्र 'दीपशिखा' मार्फ ममता प्रधान नया“ नायिकाका रूपमा पर्दामा देखा पर्दैछिन् । निर्माणाधीन चलचित्र 'अग्निसाक्षी' मार्फ नया“ अनुहार जानी केसी नायिकाका रूपमा दर्शकमाझ आउन ठिक्क परेकी छिन् । त्यस्तै जानु अर्याल -द मोस्ट वान्टेड), तेजुला खड्का -द मोस्ट वान्टेड), सभ्यता गिरी -सन्देश), एट्ना कार्की -युवा), स्नेहा खड्का -निशाना), भावना गुरुङ -भुलिगए पाप लाग्ला), सोनिया केसी -सिलसिला), सुनिता गर्न्धर्व -यतिको खोजी), सपना कु“वर -बेरोजगार), सुमिना घिमिरे -छविलाल कन्जुस छैन) आदि पनि नया“ नायिकाका रूपमा दर्शकमाझ आइरहेका छन् । हास्यश्रृंखला 'तीते करेली' मा अभिनय गरेकी ज्योति खड्का पनि यसै वर्षेखि चलचित्र नायिकाका रूपमा व्यस्त भएकी छिन् । चलचित्र 'जंगल क्विन' मा कामुक भूमिकामा प्रस्तुत भएकी ज्योति अहिले चलचित्र क्षेत्रमा जेशिका खड्काका रूपमा चिनिन्छिन् ।

No comments:

Post a Comment