wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

आमा बनिन् सञ्चिता


नायिका सञ्चिता लुईँटेल आमा तथा नायक निखिल उप्रेती बुवा बनेका छन् । सञ्चिताले आईतवार राती १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा साढे ४ केजी तौल भएको छोरा जन्माएकी छिन् । ‘सञ्चिताको सिजेरिङमार्फत डेलिभरी भएको हो, अस्पताल स्रोतका अनुसार नर्मल डेलिभरीबाट नभएपछि शल्यक्रीयामार्फत बच्चा जन्माइएको हो । उनलाई डाक्टरहरुले आईतबार दिउँसोदेखि नै अब्जर्भेसनमा राखेका थिए । सन्चितालाई अस्पतालले यसअघि नै आइतबारको डेट दिएको थियो ।
सञ्चिताको पहिलो सन्तान जन्मिने डेट नजिकिएपछि निखिल गत शनिवार मुम्बइबाट काठमाडौं आएका थिए । सन्चिता सुत्केरी भैसकेपछि उनको स्याहारमा निखिल खटेका छन् । नर्भिक अस्पतालमा आइतबार निखिल र सन्चिताको परिवारको उपस्थिती थियो ।
सन्चितालाई साउन ५ मा अभिनेत्रीहरु रेखा थापा, अरुणिमा लम्साल, ऋचा घिमिरे, रेजिना उप्रेतीले दही च्युरा खुवाएका थिए । छोरा जन्मिएपछि निखिल र सन्चितालाई बधाइ दिनको ओइरो लागेको छ । यो जोडीले अघिल्लो वर्ष विवाह गरेको हो ।

No comments:

Post a Comment