wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

'काठमाण्डू'

न नविन अधिकारी र आकाश अधिकारीद्धारा निर्मित चलचित्र 'काठमाण्डू' जर्मनीको एक शहरमा भव्य कार्यक्रम गरि प्रदर्शन गरिएको छ । चलचित्रका निर्देशक तथा नायक आकाश अधिकारी र चलचित्रकी नायिका प्राप्ती घिमिरेको उपस्थितीमा जनवरी १७ तारिख शुक्रबारका दिन सो चलचित्र जर्मनीमा प्रदर्शन गरिएको हो ।
चलचित्र 'काठमाण्डू' जर्मनी, बेल्जियम, स्पेन लगायत अमेरीका र क्यानडामा पनि प्रदशन हुने कुरा नीर्माता आकाश अधिकारीले जानकारी दिएका छन् । काठमाण्डौको जीवनशैलीलाई अमेरीकासँग दाँजिएको यो चलचित्रमा आकाश, प्राप्ती, रियाको साथमा रेश मरहठ्ठा, गौरी मल्ल, संयुक्ता राणा, नबिन अधिकारी, ममता प्रधान, सुनिल दत्त, अर्जुन श्रेष्ठलगायतले अभिनय गरेका छन् । एनआरएन सदस्य पञ्चरत्न घिमिरे र बिजय मोक्तानको सक्रियतामा चलचित्र 'काठमाण्डू' प्रदर्शन गरिएको हो ।
बेल्जियम पछि चलचित्र काठमाण्डू स्पेनमा प्रदर्शन हुनेछ । जनवरी २८ र २९ तारिखको दिन स्पेनको बार्सिलोनामा चलचित्र प्रदर्शन गरेर आकाश अमेरिका प्रस्थान गर्नेछन् । यता अमेरिकाको न्यूयोर्क शहरको ज्याक्सन हाईट सिनेमा घरमा भने चलचित्र काठमाण्डू फेब्रुअरी ४ तरिखबाट ३ सातासम्म दैनिक ३ शो हुने पक्कापक्की भएको छ । स्काई मुभिजको ब्यानरमा निर्माण गरिएको सो चलचित्रलाई नेपालमा पहिलो पटक रेड क्यामेराले खिचेको हो । चलचित्रका गीतमा भारतिय चर्चित गायक गायिकाले स्वर दिएका छन्  ।

No comments:

Post a Comment