wel come to our link to all my fans we love you

Tuesday, August 23, 2011

चर्चाको विषय जबर्जस्ती शारीरिक सम्पर्क



soniya kc
निर्देशक सुरेशदर्पण पोखरेलमाथि सोनिया केसी नाम गरेकी एक नवउदित नायिकाले आफूमाथि जबर्जस्ती शारीरिक सम्पर्क राख्ने प्रयास गरेको आरोप लगाएपछि नेपाली चलचित्र क्षेत्रमा अहिले यो चर्चाको विषय बनेको छ। नायिकाको भूमिका दिने बाचा गरेका निर्देशक सुरेशदर्पण पोखरेलले आफूसित शारीरिक सम्पर्क गर्न नमानेपछि आफूलाई नायिका नबनाएको आरोप लगाउने नायिका सोनिया केसीले निर्देशक सुरेशदर्पण पोखरेललाई सोही आरोपमा प्रहरी खोरमा समेत पुर्यायइन्। प्रहरीसमक्ष दुवै पक्षबीच सहमति भए पनि निर्देशक सुरेशदर्पण आफ्नो कुनै दोष नभएको दाबी गर्छन् र विदेश जानुपर्ने बाध्यताको कारणले मात्र मिलापत्र गर्न बाध्य भएको बताउँछन्।
सुरेशदर्पण र सोनियाको यो काण्डले नेपाली चलचित्र जगतमा हुने यौन शोषणको घटनालाई पुनः सडकमा ल्याएको छ। कतिपय युवतीहरुले आफूमाथि कुत्सित दृष्टि राखेको आरोप लगाउने गरेका छन् भने आफू त्यस्तो नाजायज काम गर्न नमान्ने दावी गर्छन्। बाह्य रुपमा यस्तो दावा गर्ने युवतीहरु थोरै छन्। त्यसो त आफ्नो स्वार्थपूर्ति गर्न भित्रभित्रै गर्नुपर्ने काम गरी आफ्नो पवित्रताको दावी गर्नेहरु पनि यो क्षेत्रमा नभएका होइनन्। तर पर्दाभित्र कायम हुने यस्तो सम्बन्धको कहिलेकाहीँ गाइगुइँसम्म त चल्छ तर विवादकै रुप भने लिदैन। केही युवतीहरु आफू चर्चित हुन हो वा अरु कुनै कारणले हो आफूमाथि बलात्कारको दुष्प्रयास भएको कुरा ढ्यांग्रो ठटाएरै भन्न रुचाउँछन्। यस्तै एउटा काण्ड सोनिया काण्ड हो भने अर्को एउटा काण्ड भनेको निर्माता–निर्देशक नरेश पौड्याल र नवनायिका ममता प्रधानबीचको काण्ड हो।
ममता प्रधान नामक एक युवतीले पनि नरेश पौड्यालले आफूमाथि बलात्कार गर्ने प्रयास गरेको कुरा ढ्यांग्रो ठटाएरै भनेकी थिइन्। तर पछि यो काण्ड त्यसै सेलाएर गयो। निर्माता–निर्देशक पौड्यालले ममताको यो आरोपलाई उनी आफू चर्चामा आउने बहानामात्र भएको बताएका थिए। पौड्यालको दाबीमा सत्यता छ वा ममताको आरोपको सत्यता कति हो भन्ने कुरामा पछि कसैले चासो राखेनन्। सुरेशदर्पण–सोनिया काण्डमा पनि हुने यति नै हो। ठूल्ठूला घटनाहरु घटेपछि सरकारले आयोग त गठन गर्ने गर्छ तर प्रतिवेदन सार्वजनिक गर्दैन। चलचित्र जगतमा पनि यस्ता काण्डहरुको परिणाम ‘फलोअप’ सम्म पनि हुने गरेको पाइँदैन।
कुरा एक वर्ष अगाडिकै मात्र हो। चर्चित नायिका अरुणिमा लम्साललाई निर्देशक कृष्ण चापागाईंले आफूसित सुत्ने प्रस्ताव राखेको कुराले चर्चा पाएको थियो। आफू एक्लै सुत्न डर मान्ने अरुणिमाले त एउटी महिला सहपाठीको माग गरेकी थिइन् तर रक्सीको मातमा डुबेका निर्देशक चापागाईंले त्यसलाई उल्टो अर्थ लगाए र आफू नै अरुणिमासित सुत्ने प्रस्ताव राखे। यो काण्ड ठूलै चर्केपछि निर्देशक कृष्ण चापागाईंले आफ्नो कुनै दुराशय नभएको वक्तव्य निकाल्नुपरेको थियो। ‘दिवानापन’को सुटिङको समयमा भएको यो चर्चा समयक्रममा सोलायो।
पुराना कुरा खोतल्दै जाने हो भने चलचित्र जगतको सबैभन्दा चर्चित यौन काण्ड भनेको सुधांसु जोशी र आराधना क्षेत्रीबीचको काण्ड हो। यो काण्ड ‘हत्या’ चलचित्रको सुटिङको क्रममा घटेको थियो। नारायणगढमा सुटिङ भइरहँदा ‘हत्या’ को पूरा सुटिङ टोलीलाई एउटै लजमा बस्ने व्यवस्था गरिएको थियो। र एक दुई दिन हुँदै आराधना क्षेत्री नाम गरेकी एक नवनायिका दिनदिनै राति हराउन थालेपछि सुटिङ टोलीले चियो गर्दा उनलाई सुधांसु जोशीको कोठामा भेट्टाएको कुरा पनि त्यत्तिबेला अत्यन्त चर्चित बनेको थियो।
‘भाग्य रेखा’ मा सबैभन्दा पहिला राजेश हमाललाई नायकका रुपमा लिइएको थियो भने नायिका कृष्टि मैनाली। ‘भाग्य रेखा’को सुटिङ पनि नारायणगढमै भएको थियो। सुटिङको क्रममा राजेश र कृष्टि आपत्तिजनक अवस्थामा भेटिएको चर्चा चलेपछि निर्देशक दीपक रायमाझीले उनीहरु दुवैलाई चलचित्रबाट ‘आउट’ गरी रविन्द्र खड्का र मौसमी मल्ललाई लिनुपरेको थियो।
प्रकाशमा आएका यस्ता घटनाहरुमा कति सत्यता छ भन्ने कुराको कुनै गहिरो सोधखोज हुने गरेको कमै पाइन्छ। हावाको बेगसरी चलचित्रमा यौनका घटना चर्चामा आउँछन् र पानीको फोका फुटेजस्तै फुटेर सेलाउँछन्। खासगरी यस्ता यौन काण्डमा मुछिएका नायिकाहरुको अभिनय आयु त्यति लामो हुने गरेको पाइँदैन। यसको एउटा उदाहरणको रुपमा नायिका तुलसा सिलावाललाई पनि लिन सकिन्छ। यी नायिकाले पनि आफू चर्चित हुनका लागि आफू नौ वर्षकै उमेरमा आफ्नो आफन्तबाट बलात्कृत भएको बताएर चर्चित भइन्। तर अभिनय यात्रालाई निरन्तरता दिन सकिनन्। अहिले उनी बेपत्ता छिन्।

No comments:

Post a Comment