wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

सेक्ससम्बन्धबारे कुरा गोप्य राख्छु- ममता प्रधान, नायिका

नेपाली चलचित्र क्षेत्रमा ममता प्रधान चर्चाको शिखरमा छिन् । निर्देशक निर्माताले आफूमाथि बलात्कारको प्रयास गरेको भन्दै प्रहरीमा मुद्या दायर देखि र्सार्वजनिक कार्यक्रममा समेत अभिव्यक्ति दिएकी उनले चलचित्र क्षेत्रमै कम्पन ल्याइदिएकी छिन् । आफ्नो कुरा खुलस्त राख्ने ममता जति सुन्दर छिन् उत्तिनै बौद्धिक छिन् । व्यवस्थापन विषयमा स्नातक उनी जीवनलाई अविश्सनीय ठान्छिन् भने जिउनका लागि आत्मबल सबैभन्दा उपयुक्त आधार हुने बताउछिन् । ममतासंग रिपोर्र्टर्स नेपालका लागि गरिएको कुराकानीः
अहिले के गर्दैहुनुहुन्छ ?
कलेज सिरियलमा व्यस्त छु । त्यसबाहेक फेशन शोमा निरन्तर सहभागी हुनुपरिरहेको छ ।
कुन कुन चलचित्रमा अभिनय गर्नुभयो ?
राज्यमा अभिनय गरे । मेरो एउटा साथीमा पनि सानो भूमिका निभाएको छु । दशैंपछि दीपशिखाको छायांकन हुनेछ ।
मोडलिङ या अभियन के गर्दा रमाइलो लाग्छ ?
दुवैको आफ्नै महत्व छ । म दुवै क्षेत्रमा रमिरहेकी छु ।
तपाईलाई कलाकारिता र मोडलिङमा लाग्न कस्ले प्रेरित गर्‍यो ?
जीवनका घटनाक्रमले मलाई कलाकार बनायो । मैंले कहिले पनि कलाकार हुन्छु होला भन्ने सोचेको पनि थिइनं । लाग्छ कि जीवन भनेकै नसोचेको हुनु रहेछ । नत्र म कमर्श पढेको कलाकार हुनआइपुगेछु ।
कलैले पनि कलाकारितामा लाग्न प्रेरणा दिएन ?
म स्कलु पढ्दा अग्ली थिए । मेरो उचाईका कारण अरुपनि हिड्न असजिलो मान्थे । मेरो हाइटका कारण मोडलिङ गर्न र नायिका बन्न प्रेरित गर्थे ।
कलाकारितामा लाग्न कसले प्रेरणा दियो ?
मलाई नर्स बन्न रहर लागेको थियो । समयले नायिका बनाइदियो । जीवनमा नसोचेको भए । मलाई नसोचेको भएकोमा पनि कुनै दुःख छैन । जीवनमा जस्तो आर्इपर्छ त्यस्तै सामना गर्नुपर्छ । कुनैबेला करांते खेलाडी पनि भइयो ।
ज् तपाईंलाई साहसी नायिका भन्छन् नि ?
मलाई राम्रो गरिरहेकी छु जस्तो लाग्छ । मभित्र आत्मविश्वास छ । त्यसलाई साहस भनिएको होला ।
ज् आफूमाथि बलात्कारको प्रयास भएको भन्न असजिलो लागेन ?
म सत्यमा विश्वास गर्छु मैंले सही काम गरिरहदा कसैले गलत गर्न खोज्छ भने त आवाज उठाउनैपर्‍यो नि । जे गर्दा पनि सहेकाले नारीमाथि शोषण र अत्याचार बढेको हो । मैंले त्यसको अन्त्यका लागि पनि आवाज उठाएको हुं । मभन्दा अघिकाले कुरा उठाएको भए कसैले पनि ममाथि त्यस्तो प्रयास गर्दैनथियो ।
ज् तपाई कसरी साहसी बन्न सक्नुभयो ?
सानो छदा मलाई एकजना केटाले प्रेमप्रस्ताव राख्यो । म रुदै रुदै बुवालाई भन्न गएं । बुवाले एउटा केटाले जिस्क्याउदैमा रुने भनेर उल्टै गाली गर्नुभयो । उहांले मेरी छोरी भएर पनि डराउछेस् भनेपछि मैंले त्यो केटालाई गएर कराएं । बुवाले नबिराउनु नडराउनु भन्नुभएपछि मैंले जीवनको हरेक पाइलामा त्यस्तै गर्दैआएको छु ।
तपाईंलाई केटाहरुले कत्तिको प्रेमप्रस्ताव राखे ?
मलाई पहिलोचाटि सात कक्षा पढ्दा प्रेम प्रस्ताव आएको थियो । त्यसयता बिकम पास गरिसक्दा पनि प्रस्ताव आउने क्रम छ । केटाहरुले केटीलाई प्रेम प्रस्ताव गर्नुलाई म सामान्य रुपमा लिन्छु । ममा कत्तिपनि घमण्ड छैन । मलाई कसैले अनावश्यक जिस्क्यायो, नकारात्मक रुपले सोच्यो भने मुखै फोरिदिऊ जस्तो लाग्छ ।
तपाईंप्रति केटाहरुको नजर कस्तो पाउनुभएको छ ?
कसैले सकारात्मक त कसैले नकारात्मक नजरले हेरिहाल्छन् । म मनोविज्ञान बुझ्ने प्रयास गर्छु केटाहरु कसले सकारात्मक र कसले नकारात्मक रुपमा हेछ भन्ने बुझेर मात्र व्यवहार गर्छु
तपाईको शरीरको कुन भागमा केटाको बढी नजर जान्छ जस्तो लाग्छ ?
त्यो त हेर्नेलैनै सोध्नुपर्छ । तर भन्नेहरुले मेरो आंखामा सबैको आंखा जान्छ भन्छन् । मेरो आंखाको रंग अरुको भन्दा भिन्न भएर पनि हुनसक्छ । मलाई शारीरिक रुपमा मेरो आंखाप्रति सबैभन्दा बढी गर्व लाग्छ ।
ज् तपाईको जीवनमा प्रेमसम्बन्ध कसैसंग भएन ?
यो उमेरसम्म प्रेमसम्बन्ध भएन भनेर ढांट्न चाहन्नं । मैंले प्रेमको राम्रो अनुभूति गरेको छु । प्रेमको आनन्द बेग्लै हुदोरहेछ ।
तपाईंको प्रेम अहिले पनि जारी छ ?
त्यो सम्बन्ध टुटिसकेको छ । मलाई त्यो केटाले धोका दियो ।
धोका दिने केटाको नाम भन्नुहुन्छ ?
म धोका दिनेको नाम भन्न चाहन्न । तर यति भन्छुकि प्रेममा धोका खाएकाले मैंले ठूलो पाठ सिकें । मलाई ठूलो पाठ सिकाउनेलाई म धन्यवाद दिन्छु । म उसलाई अझै माया गर्छु भनिन्छ कि जीवनमा कि त पढेर जानिन्छ कि त परेर । मैंले परेर जान्ने मौका पाएं ।
ज् धोका दिनेको अगाडि केही बनेर देखाऊ जस्तो लाग्दैन ?
अवश्य पनि लाग्छ । म केही बनेर देखाउछु । तर ऊप्रति म अझै सकारात्म छु । अझैपनि ऊसंग बिहे गरौं जस्तो लाग्छ ।
तपाईं सेक्सलाई कसरी परिभाषित गर्नुहुन्छ ?
सेक् मानवीय आवश्यकता हो । यो दुइ आत्माको मिलनको माध्यम पनि हो । तर सेक्स दुवैको इच्छामा हुनुपर्छ । दुवैजनाको कुरा मिलेर भएमा सामान्य मान्नुपर्छ । जर्बजस्ती गरिने सेक्स बलात्कार हो । म त्यसको कट्टर विरोधी हुं ।
कसैले सेक्स प्रस्ताव राख्नु नराम्रो हो ?
सिधै सेक्स प्रस्ताव राख्नु नराम्रो हो । कुनै न कुनै आत्मीय सम्बन्ध विना सेक्स प्रस्ताव राख्न कहां पाइन्छ र ।
तपाईंको कसैसंग सेक्स भएको छ ?
यो गोप्य कुरा हो । म भन्न सक्दिन ।

अहिलेसम्म कुमारीनै छु भन्नसक्नुहुन्छ ?
यो नितान्त व्यक्तिगत विषय हो । रहस्यनै रहन दिनुहोस् ।
नयां पुस्ताको सेक्सलाई हेर्ने दृष्टिकोणबारे के भन्नुहुन्छ ?
नयां पुस्ता हामीभन्दा निकै अगाडि पुगिसकेका छन् । उनीहरुको कुरा सुन्दा हामी धेरै वर्षअगाडिका जस्ता लाग्छौं । टिन एजमै अधिकांश केटीहरुको सेक्स सम्बन्ध हुनथालिसकेको छ । मैंले टिन एजका केटीहरुको कुरा सुन्दा आफूलाई धेरै पाको र पुरानो जमानाको जस्तो पाउंछु ।
विवाह अघिको सेक्सलाई के भन्नुहुन्छ ?
हामीले आफ्नो समाजिक संस्कार र परम्परालाई पनि ध्यान दिनुपर्छ । विवाहअघि सेक्स सम्बन्ध हुनु रामैो हो जस्तो लाग्दैन । श्रीमान्का लागि कुमारित्व जोगाएर राख्नसक्नु हिन्दु नारीको महानता हो । म त्यसको पक्षमा छु ।

No comments:

Post a Comment