wel come to our link to all my fans we love you

Friday, August 12, 2011

राजकी फ्यान केकी

अनुप भट्टराई, काठमाण्डौ, २०६७ माघ ९, आईतवार


आगामी शुक्रबार देखि देशब्यापी प्रदर्शनमा आउन लागेको संगीतिक चलचित्र 'स्वर' मा राज बल्लभ कोइराला र केकी अधिकारी जोडीका रूपमा दर्शकमाझ आउँदैछन् । स्वर राजको तेह्रौ चलचित्र हो भने केकीको पहिलो । हाल सम्म करिब २० चलचित्रमा अभिनय गरिसकेका राजको अभिनयको हिसावले केकी सातौ नम्बरकी नायिकामा पर्छिन् भने केकीको राज पहिलो हिरो हुन् ।

मोडलबाट हिरोइनको छवि बनाउदै गरेकी केकी राजको हरेक क्रियाकलापलाई नयाँ ठान्छिन् र पनि राजले गरेका हरेक निर्णयलाई आँखा चिम्लिएर सहजै स्वीकार्छिन् उनी । धार्मिक भनाई अनुसार जसरी मानिसले इन्द्रको देश स्वर्गको बयान गर्छ त्यसैगरी केकीको अगाडी कुनै सञ्चारकर्मी वा आफ्ना साथीभाई पुगे भने उनी राजको बयान गरेर थाक्दिन् । यति सम्मकी राज फ्यान केकीले राजले फिल्मका लागि स्क्रिप्ट हेरेर फाईनल गरे सो प्रोजेक्टमा कसैले आफूलाई प्रस्ताव गरे आफ्नो तर्फबाट स्क्रिप्ट समेत नहेरी सो प्रोजेक्टमा स्वीकृति जनाउने बताउँछिन् ।


नायक कोइरालासँग पहिलो पटक स्वरमा अभिनय गर्न पाएकी केकी राजको जस्तो सुकै बिचारमा सहमत जनाउन सक्छिन् रे । फिल्मीखबरसँगको बिशेष कुराकानीमा उनले राजको तारिफ गर्दै भनेकी छिन्, 'म उहाँको अभिनय र स्मार्ट हाईटबाट निकै आकर्षित छु ।' यस्तै चलचित्र स्वरको सुटिङमा राजको कडा परिश्रम र समयको ख्याल गर्ने बानीले त आफू झन धेरै आकर्षित भएको मयूर हिरोइन केकीको भनाई छ । संस्कृतमा केकीको अर्थ मयूर हुने भएकाले उनलाई नजिकका साथीहरूले मयूर समेत भनेर बोलाउने गर्दछन् ।

किन यति सम्मको मरिहत्ते भन्ने फिल्मीखबरको प्रश्नमा उनले छोटो जवाफ दिईन्, ' खै ?'  एउटै प्रोजेक्टमा काम गरेका राजले भने केकीलाई कतिको ख्याल गरेका छन् त ? उनलाई पनि केकी राम्रो लाग्छ रे । सर्वप्रथम त राजलाई केकीको अनुहार उत्कृष्ट लाग्दो रहेछ त्यसपछी अभिनय । मयूर जस्तै उनको नृत्य र अभिनयको क्षमतामा अग्ली भएकाले चिटिक्क परेको केकीको उचाई राजलाई अझै स्वीट लाग्छ रे । 

No comments:

Post a Comment