wel come to our link to all my fans we love you

Saturday, August 20, 2011

लतपत शृंगार


By Sushil Paudel
काठमाडौ, जेष्ठ ३० महानायक भनिएका राजेश हमालको स्टारडमलाई क्यास गर्न खोजिएको फिल्म ुदुलहीु नामजति राम्रो बन्न सकेको छैन । स्टारको बाहिरी आकर्षण र भित्री यथार्थबीचको भिन्नतामा धेरै फिल्म बनेका छन् । महिनादिनअघि मात्रै यस्तै प्रकृतिको फिल्म ुप्रीतिको फूलु हेरिसकेका दर्शकका लागि त झन् ुदुलहीु नौलो विषय होइन । फरक त्यति हो, ुप्रीतिको फूलुमा नायिका युना उप्रेतीका फ्यान राजबल्लभ कोइराला हुन्छन्, यसमा नायक राजेशका फ्यान छन् मुकेश ढकाल र सुमिना घिमिरे ।

बाबुराम ढकालको लेखन, निर्देशन रहेको फिल्ममा पहिलोपटक पर्दामा हेरेको नायक यथार्थमै देखिएपछि नजिकिएकी गाउँकी सोझी युवती आरतीले पछि कसरी उही नायकका कारण समस्या भोग्नुपर्छ भन्ने देखाइएको छ । सहरमा चल्ने राजेश हमालका कुनै पनि फिल्म हेर्न नछुटाउने गाउँका युवाहरू तिनै फिल्मी संवादको सिको मात्र गर्दैनन्, हाउभाउ पनि राजेशकै गर्न खोज्छन् । संयोगले राजेशकै डाई हार्ट फ्यान मिलन ९मुकेश० ले एक पटक हितैषी आरती ९सुमिना० लाई करकापमै फिल्म देखाउँछ ।

त्यसपछि आरती राजेशको ठूलो फ्यान बन्छे, उसलाई नहेरी सुत्नै नसक्ने हुन्छे । आफूले मन पराउनेले राजेशलाई मन पराउन थालेपछि मिलन कुँडिन थाल्छ र घर( परिवारलाई भनिदिन्छ । पछि भागेरै राति(राति भेट्न जान थालेकी आरतीले आफ्नै आदर्श नायकबाट दुर्घटनावश पेट बोक्छे । विवाहबिनै बच्चा जन्माएपछि समस्यामा परेकी उसलाई अन्त्यमा त्यही नायकले दुलही बनाउँछ ।

ुदुलहीु दर्शकले केका लागि हेर्ने, स्पष्ट छैन । उमेरले ४९ कटे पनि अविवाहित नायकलाई जग्गेमा कस्तो देखिँदो रहेछ भनेर हेर्न जाने हो भने त ठीकै होला, तर होमवर्क नपुगेको कथा र दोषपूर्ण प्रस्तुतिले दर्शक तान्ने हैसियत राख्दैन । भारतका नाम चलेका गायकरगायिकालाई गाउन लगाइए पनि अष्ट लामाको संगीतले संगीतमा कुनै नवीनता दिन सकेका छैनन् ।

छायांकन मध्यम छ, द्वन्द्व निर्देशन नवीनताविहीन ।

कथाका हिसाबले सामान्य ुदुलहीु पटकथामा फितलो छ । फिल्मको अर्को कमजोर पक्ष संवाद हो । व्यर्थ संवाद हाबी रहेको फिल्ममा केही संवाद यस्ता पनि छन् जसले पछि के होला भन्ने कौतूहलै मेटाइदिन्छन् । प्रकाश यति अप्राकृतिक छ, वस्तुको कम्तीमा पनि चारवटा छाया परेको देखिन्छ, रातको दृश्यमा । सुरुदेखि अन्त्यसम्म कतिपय दृश्यले दर्शकका दाँतमा ढुंगा लगाउनेछन् ।

शारीरिक सम्बन्ध भएको सम्भवतः भोलिपल्टै बान्ता गरेर गर्भवतीको भएको उडन्ते दृश्य राखिएको फिल्ममा छोरीले अस्पतालमा बच्चा जन्माउँदाको समयसम्म पनि सँगैका बाबुआमाले पत्तो नपाउनुले उदेक लगाउन सक्छ । फिल्म हलबाटै सँगैकी साथीलाई केही गुन्डाले लैजाँदा पत्तो नपाएको मिलनले पछि अपरिचित ठाउँमा भने साइकल उडाउँदै आरतीलाई गुन्डाहरूबाट जोगाउँछ । तर मारकाटपछि पनि आरती पुनः फिल्म हेर्न जानुले परिस्थितिको गम्भीरतालाई सम्बोधन गरिएको लाग्दैन ।

हलमा फिल्म सकिएपछि पनि पुनः आउँछ भनी कुरी बसेको देखाउनु क्याम्पस पढ्ने आरतीका लागि सुहाउने विषय त होइन नै, आफ्नै घरमा टीभी र डीभीडी प्लेयर भएकी उसलाई फिल्मबारे यति अपरिचित भएको देखाइनु अपाच्य छ । सुटिङमा आएका नायक राजेशलाई परिवारले भेट्न नदिएपछि प्रत्येक रात भेट्न गएको मात्रै नभई मिष्टान्न खुवाई र्फकंदा कसैलाई पत्तो नहुनु अर्को उदेक हो ।

निश्चित उद्देश्यका लागि मात्र घट्ने घटनाको ुसाइड इफेक्टु को कुनै मतलब नराख्नाले फिल्म हावादारी बनेको छ । अघिल्लो रात बाटोमा गुन्डाहरूबाट फुत्केकी युवती भोलिपल्ट केही न केही सावधानीको उपाय अपनाउँछे तर फिल्ममा आरती त्यसो गर्दिन । अर्को रमाइलो त के भने, शैक्षिक चेतना भएकी आरतीले ड्रिंक्स भनेको पानी हो भनेर सोध्छे अनि पानीजसरी नै एक सासमा पिइदिन्छे ।

त्यसो त, फिल्ममा गीतको सुटिङ भइरहेको परिस्थिति भए पनि नायकरनायिकालाई एक टेकमै पूरा गीतमा नचाइन्छ, अस्पतालबाट भर्खर डिस्चार्ज भएकी सुत्केरीलाई लामो बाटो दौडाइन्छ । वास्तविक नायकको परिचयमा प्रस्तुत गरिएका राजेशलाई गीत गाउन लगाइन्छ । उनले पनि फिल्मकै हिरोले जसरी गाइदिन्छन् । घटनालाई सही सम्बोधन नगरी बनाइएको ुदुलहीु सिकारुले गरेको लतपत शृंगार जस्तो भएको छ ।

No comments:

Post a Comment