wel come to our link to all my fans we love you

Thursday, August 11, 2011

सफलताभित्रको एउटा रहस्य :गरिमा पन्त

गरिमा पन्त भन्ने वित्तिकै मानिसले सरल स्वभावकी नायिकको कल्पना गर्छन् र वास्तवमा त्यो हो पनि। अत्यन्तै सामान्य ढंगले प्रस्तुत हुने उनले पछिल्लो समयमा धेरै फ्यान बनाइसकेकी छिन्। टेलिश्रृंखलामार्फत् चलचित्रको दुनियाँमा हाम फालेकी गरिमा सामान्य पोशाकमा दर्शकमाझ आउने गर्छिन्। तडकभडक र नक्कल झक्कल मन पर्दो रहेनछ उनलाई। उनले खेलेको टेलिश्रृंखला र चलचित्रले पनि त्यही चर्चा गर्छन्। गरिमा आफूलाई त्यस्तो उस्तो रमझमकबाट टाढै राख्न खोज्छिन्। दर्शकलाई असाध्यै आदर गर्ने उनी आफ्नो चलचित्र प्रदर्शन गर्ने क्रममा पनि निकै सक्रिय रहने गर्छिन्। सडकमा सानो स्कुटरमा सुइय हुइकिने उी भरसक दर्शकले नचिनुन् भन्न रुचाउछिन्। यसको अर्थ भने वितृष्णा र अरुचि भने होइन। अनुहार छोपेर मात्र हिड्ने गर्छिन् उनी। सामाखुसीमा स्थायी बसोवास गर्ने उनी अलिकति फुर्सद भयो कि घर गइहाल्न मन पराउंछिन्। किन एकछिन खाली हुंदा पनि घर गइहाल्नुपर्ने भन्ने प्रश्नमा भनिन्– त्यसै अन्त जान मन लाग्दैन काम पर्योत भने बरु फेरि आउंछु। सरल स्वभावकी नायिका उनी भरसक छोटो लुगा लाउने अभिनय गर्दिनन् र रुचि पनि छैन अरे।
अंग प्रदर्शनलाई आधार मानेर धेरै जसो नायिकाहरू चर्चामा आउने गरेका छन् यसमा पनि गरिमा किन अचम्मको, अंग प्रदर्शन नगर्ने नायिकालाई पनि दर्शकले पचाउन सकन्छन् भन्ने पुष्टि गरेकी छिन् उनले। रेखा थापा, ऋचा घिमिरे, रेजिना उप्रेती आदिलाई भने अंग प्रदर्शन नगरी चलचित्र खेलेजस्तो नै लाग्दो रहेनछ। यही कारणले चलचित्रमा उनीहरू बढी चर्चामा पनि आउने गरेका छन्। त्यसो त रेखालाई त एक साप्ताहिकले लभ गुरु को नै उपाधि दिएको छ। उनले लभ सम्बन्धी कहां र कसरी अध्ययन गरिन् भन्ने अहिलेसम्म खुलेको छैन तर पनि दर्शक तथा पाठकलाई उनी निकै बुझे झैं गरी सल्लाह दिन्छिन्। काली सुन्दरी भनेर चिनिन्छिन् ऋचा। छवि ओझासंग भएपछि रेखाले चलचित्रमा बढी झुकाव दिएकी हुन्। चलचित्रमा निर्माता निर्देशकहरू पनि नायिकाले उदार व्यवहार देखाइदिए हुन्थ्यो भन्ने चाहन्छन् र कथाले मागेको भन्दै अंग प्रदर्शनका वहानामा चलचित्र चलाउने सोच राख्छन्। चलचित्रमा कसले कस्तो पोज दिन्छ भन्ने प्रतिस्पर्धा नै हुने गरेको छ यसले समाजलाई विकृतितर्फ लादैछ भन्ने कसैले पनि सोचेका छैनन्। त्यसो त अंग प्रदर्शन गर्ने केही चलचित्र सेन्सर बोर्डले बालबालिकाका लागि प्रदर्शन नगर्न समेत भनेको छ। बाल मानसिकतामा यस्ता दृश्यले नकारात्मक प्रभाव पार्ने भन्दै वोर्डले यस्ता केही चलचित्र १६ वर्षमूनिकालाई नदेखाउन आग्रह गरेकोछ। कलाकारितामा राम्रो अध्ययन र ज्ञान नै नभई केवल अंग प्रदर्शनको भरमा मात्र आफूलाई कहलाउन खोज्ने प्रयास आजभोलि वढेको छ। यो केही समयका लागि मात्र हुने भए पनि दीर्घकालिन रुपमा यसलेन राम्रो छाप पार्ने कुरामा केही नायिकाहरू पनि सचेत छैनन्।

No comments:

Post a Comment