wel come to our link to all my fans we love you

Saturday, August 13, 2011

बल्ल-बल्ल बाँचिन केकी

एउटा सुखद खबर -हिरोइन केकी अधिकारी दुर्घटनाबाट मुस्किलले बाँच्न सफल भएकी छिन् । सुटिङको क्रममा लडेर उनी फेवातालको पानीमा डुबेकी थिइन् । चलचित्र ‘आइएम सरी’को निर्माणपक्षले घटनालाई गोप्य राख्न खोजिरहेको थियो । उक्त चलचित्रको एक गीत ‘किन हो किन…’मा अभिनय गर्दा असावधानीले केकी भास्सिएर पानीमुनी पुगेकी थिइन् । संयोगवश एसिस्टेन्ट क्यामेराम्यान शेर लामाले उनको हात समाएर ताने र बचाउन सफल भए ।


internet advertising

पानीबाट निकालेपनि केही घण्टा केकी अर्धचेत अवस्थामा रहिन् । ‘म पानीमा डुब्नेवित्तिकै त्यहाँ वरिपरिका सबैले माया मारिसकेका थिए’ उनले भनिन् ‘कस्सो शेरजीले मलाई निकाल्नुभएछ त्यहाँबाट निकालेको लामो समयसम्म पनि मलाई थाहा भएन । म होसमा थिइँन ।’ फेवातालाको छेवैमा घुमेर नाच्नुपर्दा खुट्टा भासिन गई उक्त दुर्घटना भएको उनको भनाई छ । उक्त घटनालाई आफूले कहिल्यै नबिस्रने पनि केकीले बताइन् ।
‘फेवातालमा टाउको डुबेको मान्छे कोही पनि बाँचेको छैन भन्ने सुनेको थिएँ’ उनले भनिन् ‘भाग्यले म बाँचे । बल्ल भगवान दाहिना छन् भन्ने लाग्यो ।’ उक्त चलचित्रको सुटिङ अहिले स्थगन भएको छ । निर्माता हरि महतका अनुसार केही समयपछि पुनः सुटिङ सुचारु हुनेछ । दुर्घटनाबाट बँचेको खबरले नेपाली सिनेमा क्षेत्रलाई खुशि तुल्याएको छ ।

No comments:

Post a Comment