wel come to our link to all my fans we love you

Saturday, August 13, 2011

साल्सा सिक्दै गरिमा

काठमाडौं, जेठ १७ (नागरिक) - अभिनेत्री गरिमा पन्त साल्सा डान्स सिक्दै छिन्। पछिल्लो फिल्म ‘भै हाल्छ नि'को सुटिङ सकाउने वित्तिकै पुतलीसडकको राजधानी डान्स सेन्टरमा साल्सा सिक्न थालेको उनले बताइन्।

प्रमाणपत्र तहमा अध्ययन गर्दा ‘शास्त्रीय नृत्य' विषय छानेकी गरिमाले साल्सा सिक्दा धेरै गाह्रो भएको बताईन्। नेपाली फिल्ममा प्रयोग नभए पनि रहर पुरा गर्न साल्सा सिक्न थालेको उनले बताइन्।

  ‘साल्सा डान्स हेर्दा रमाइलो र भिन्न लाग्यो। त्यसैले सिकेकी हुँ,' उनले भनिन्। तीन महिनाको कोर्स जसरी पनि सकाउने उनको योजना छ। ६ वर्षमा १४ फिल्म खेलेकी यि हिराईनले साल्सामा कम्मर हल्लाउन थालेको १० दिन भएको छ।

‘यसमा स्टेपहरू सिक्न सहज छैन्। पहिला सिकेको शास्त्रीय नृत्यले मद्धत गरेपनि युरोपियन स्टेपलाई धेरैपटक गर्नुपर्छ,' यो उनलाई अप्ठ्यारो लागेको पक्ष हो। ‘जीवनमृत्यु', ‘सुन्दर मेरो नाम', ‘अजुनदेव', ‘प्रितीको फूल' लगायतका फिल्ममा मूख्य भूमिकामा देखिएकी गरिमा रिलिजको क्रममा रहेका फिल्म ‘फूल', ‘मनले मनलाई छुन्छ' र ‘किन लाग्छ माया'बाट आशावादी छिन्।
‘यी तीन फिल्ममा प्रयोगात्मक भूमिकामा मिलेको छ।सायद दर्शकले पनि मेरो कामलाई बुझ्ने मौका पाउनु हुनेछ,' उनले भनिन्। नेपाली फिल्ममा नृत्यको अनौठो ढंगले प्रयोग भएकोमा उनी पनि खुसी छैनन्। ‘प्राय गीतमा स्टेपहरू दोहोरिन्छ। त्यस्तै क्रोरियोग्राफीमा पनि खासै राम्रो हुन् सकेको छैन,' उनले गुनासो गरिन्।
साल्सामा सिकेको स्टेप समेत नेपाली फिल्ममा कमै प्रयोग हुने भएपनि सिक्दा राम्रो हुने भएकाले उनले क्लास पुरा गर्ने विचार गरेकी हुन्। त्यसबाहेक योगलाई पनि निरन्तरता दिइरहेको बताइन्।

No comments:

Post a Comment