wel come to our link to all my fans we love you

Saturday, August 13, 2011

हिरोइनलाई पाउन मरिहत्ते गर्ने युवक

फिल्म क्षेत्रकै कथा बनेको फिल्म हो ‘प्रीतिको फूल’। फिल्म हेरेर मन पराएको हिरोइनलाई पाउन मरिहत्ते गर्ने युवकको कथा भन्छ यसले। ‘पर्खि बसें’बाट उदाएको जोडी राजबल्लभ कोइराला र युना उप्रेतीलाई गोपिकृष्ण मुभिजले यो फिल्ममा दोहोर्‍याएको छ। गरिमा पन्त, राजाराम पौडेल, निर्मल शर्मालगायतका कलाकारले पनि यसमा अभिनय गरेका छन्।
शुक्रबारदेखि देशभरका हलमा रिलिज हुने भनिएको फिल्म रेशराज आचार्यले निर्देशन गरेका हुन्। ‘प्रितिको फूल’को बिहीबार राजधानीको गोपिकृष्ण हलमा प्रिमियर गरिएको थियो। कार्यक्रममा फिल्मका कलाकार एवं प्राविधिक हरुका साथै अन्य फिल्मकर्मीहरु उपस्थित थिए।
प्रहार
काठमाडौंका आठ हल र बाहिरका प्रमुख शहरहरुमा शुक्रबार नै रिलिज हुन लागेको फिल्म हो ‘प्रहार’। राजेश हमाल, विराज भट्ट र रेखा थापाले यो फिल्ममा अभिनय गरेका छन्।
फिल्म सामाजिक कथा र एक्सनमा केन्द्रित रहेको निर्देशक सानु शाक्यले जानकारी दिए। फिल्मको प्रचार/प्रसार गर्न पोखरा पुगेका शाक्यले ‘दर्शकको रुची’ अनुसारको फिल्म बनाएको दाबी गरे। ‘कथा एकदमै नयाँ छ भन्दिन। तर, हेर्दा रमाइलो लाग्ने चाहिं बनाएको छु,’ उनले भने। टंक लम्सालले फिल्मको निर्माण गरेका हुन्।
फिल्ममा अविस्मरणीय क्षण
क्यालेन्डरमा चैते दशैं, राम नवमी र नयाँ बर्षको रातो चिन्ह देखेपछि फिल्म रिलिज गर्न निर्माताहरु होडबाजीमा उत्रिएका छन्। यो दौडमा छ फिल्म ‘म बिर्सु कसोरी’ पनि। शुक्रबार नै काठमाडौं बाहिरका हलहरुमा यो फिल्म रिलिज हुन लागेको हो।
रिमेश अधिकारी र मनोज आचार्य मिलेर बनाएको फिल्ममा सुमन सिंह, सोनिया केसी, आयुष रिजाल, निता ढुंगाना, मुकेश आचार्य लगायतले अभिनय गरेका छन्। ‘कुनै कुनै क्षत्र जीवनभर बिर्सन सकिंदैन। यस्तै अविस्मरणिय घटना माथिको फिल्म हो यो,’ निर्माता अधिकारीले नागरिकलाई बताए। बासुदेव पोखरेलको निर्देशनमा फिल्म बनेको हो।

No comments:

Post a Comment