wel come to our link to all my fans we love you

Saturday, August 13, 2011

केकी अधिकारी

केकी चलचित्र निर्देशक बद्री अधिकारी तथा लक्ष्मी अधिकारीकी एक मात्र छोरी हुन्। आफ्नै बुवाको विद्यालय बाल सिर्जनालय, आरूबारीमा प्राथमिक शिक्षा हासिल गरी साइन्समा प्लस टु गरेकी केकी हाल प्राइम कलेजमा ब्याचलर इन इन्फरमेसन म्यानेजमेन्टकी छात्रा हुन्। केकी एनटिभी मेट्रो टुबाट प्रसारण हुने घिन्ताङ शीर्षकको नृत्य प्रतिस्पर्धामा भाग लिएपछि मिडियामा प्रवेश गरेकी हुन्। एउटा टुथपेस्टको विज्ञापनमार्फत चर्चा ब...टुलेकी केकीको चाहना डाक्टर बन्ने थियो तर पनि उनी अहिले कला क्षेत्रमै सन्तुष्ट भएको बताउँछिन्। हालसम्म दुई दर्जनभन्दा बढी म्युजिक भिडियो, एक दर्जन विज्ञापन एवं दुईवटा ठूलो पर्दाका चलचित्रमा अभिनय गरिसकेकी, अनुशासित तथा मर्यादित जीवन जिउन चाहने, कलाकी धनी केकी भन्छिन्-म कलाकार हुँ, ममा अभिनय क्षमता एवं पेसाअनुकूल दक्षता छ।

No comments:

Post a Comment